– नरेश केसी
भैरहवा, १२ साउन । गत सोमबारदेखी प्यूठानमा परेको अविरल वर्षाको कारण प्यूठानमा भएको अुपर्णनीय क्षतिप्रति दुखः व्यक्त गर्दै जिल्ला बाहिर रहेका प्यूठानीहरु आहतमा मल्हम लगाउनको लागी राहत जुटाउने अभियानमा जुटेका छन् ।
प्युठानीहरुको काठमाण्डौंमा भएको छलफलले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा उद्धार तथा पुनःस्थापनाको लागी जनस्तरीय समिती गठन भएको छ ।
जसको सदस्यमा एमाले नेता विरबहादुर सिंह, नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, नया शक्ति नेपालका नेता नवराज सुवेदी, माओवादी केन्द्रका मणीचन्द्र थापा, एमालेका नेता सुर्य थापा, माओवादी केन्द्रका कृष्णध्वज खड्का, राजमोका नेता तथा सांसद दुर्गा पौडेल, नेकपा माओवादी नेता तथा मन्त्री रेखा शर्मा, एमालेका नेता तथा सांसद धनबहादुर रायमाझी, एमाले नेता तथा सांसद हिराबहादुर के.सी, नेकपा माओवादी केन्द्रका नेता तथा सांसद पुनाराम थापा, नेपाली कांग्रेसका नेता मुक्ति प्रसाद शर्मा, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल रहेका छन् ।
संयोजक गौतमको नेतृत्वमा गएको टोलीले प्यूठानमा बाढी पहिरोले पुराएको क्षति प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराउदैं तत्काल उद्धार, राहत र पुनर्स्थापनाको लागी सरकारको ध्यानकर्षण गराएको एमाले नेता सुर्य थापाले जानकारी दिए ।
नेताहरुले अहिले सम्म उद्धार तथा राहतमा खटिरहेका सबै निकायका सुरक्षा निकायका सुरक्षाकर्मि तथा राष्ट्रसेवक कर्मचारी र सहयोगी निकायहरुलाई धन्यावाद दिएका छन ।
प्यूठानमा आज विहानदेखी पानी पर्न रोकिएको छ तर फोप्ली, पुजा, अर्खा र रजबारामा बढी धनजनको क्षति भएको नेकपा माओवादी केन्द्र प्यूठानका उपाध्यक्ष रामबहादुर के.सी.ले जानकारी दिए ।
यता रुपन्देहीमा रहेका प्यूठानीहरुले पनि आफ्नो गृह जिल्लामा भएको बाढी पहिरोको क्षतिप्रति दुखः व्यक्त गर्दै तत्काल राहतकोलागी प्रयास थालेका छन् । प्यूठान जन्मघरभई भैरहवा कर्म क्षेत्र भएका नेकपा माओवादी केन्द्रका नेता चोपलाल आचार्यले प्युठानमा भएको क्षतिलाई कसरी मानवविय सहयोग मार्फत कम गर्न सकिन्छ भनेर प्रारम्भीक तयारी थालिएको जानकारी जनाए ।
मौसमको अवस्था सामन्य भएता पनि राती पहिरोमा परि धेरै जनधनको क्षति भएको हुन सक्ने आशंका पैदा भएको र अहिले सम्म २४ जनाको मृत्यु र २० जना वेपत्ता भएको तथ्यांक बाहिर आएको स्थलगत रिर्पोटिंगमा रहेका पत्रकार एल.वि थापाले जानकारी दिएका छन् ।
प्युठानबाट रुपन्देहीमा रहेकाहरुले प्युठान रुपन्देही सम्पर्क समाज वा स्वतन्त्र ढंगले केन्द्रम ाबनेको समितीसंग सहकार्य गर्नेगरी सहयोग कार्यक्रम अगाडी बढाउने तयारी सहित बुटवलमा तयारी थालिएको प्यूठान जन्म घर भई रुपन्देहीबाट पत्रकारिता गर्ने बुटवलका पत्रकार भरत केसीले बताएका छन् ।
प्यूठानमा तत्काल अन्य राहत भन्दा मान्छेको जीवन रक्षा आवश्यक देखिएकोले त्यसतर्फ सबै निकाय चनाखो बन्नुपर्ने नयां शक्ति नेपाल नेता तथा जिविस प्युठानका पुर्व सभापति कर्णध्वज केसीले बताए ।













प्रतिक्रिया