१९ कार्तिक २०८३, बिहिबार

मुम्बईमा फेरि एक नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mirtak– शेरबहादुर थापा

मुम्बई १२ साउन । मुम्बईमा फेरी एक नेपालीको सुतेकै अवस्थामा हार्ट अटैकका करण मृत्यु भएको छ ।

मृत्यु भएका ब्यक्ति अछाम जिल्ला हात्तिकोट गाविस डुङ्ग्रि स्थाइ घर भएका ५७ वर्षका धनराज ढुंगाना रहेको बताइएको छ । मृतक ढुगांना कादिवलीस्थित महावीर नगरमा रहेको अर्पित सोसाइटीमा वाचमेनको रुपमा कार्यरत रहेका थिए ।

मृतक ढुगांना सोमबार राति खाना खाएर सुतेका तर मंगलबार विहान अबेर सम्म नउठेपश्चात आफन्तहरुले उनलाई गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । मृतकको स्थानीय एक अस्पतालमा डाक्टरहरुले मृत घोषणा गरेका थिए भने शवको पोष्टमार्टम समेत गरेर अन्तिम दाहसंस्कार समेत सम्पन्न गरिएको मृतकका जेठा छोरा प्रेमराज ढुगांनाले बताएका छन ।

उनको दाहसंस्कारमा नेजस भारतका एम भी बोहरा, देबी खड्का, खडक बम, हेमराज खत्री, अमर बोहरा, जनक बोहरा र प्रवासी नेपाली संघका प्रेम भट्टराइर्, राम बहादुर रावल, निरप रावल (नरेश), पुष्पराज भट्टराई, मोतीलाल भट्टराई लगायत आफन्त र परिवारजनको उपस्थिति रहेको थियो ।