१ कार्तिक २०८३, शनिबार

अमेरिकाको पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूतमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghana dabadi

अमेरिका । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि पर्यटनदूतमा गोर्खा जिल्ला घर भै हाल अमेरिकाको सन्फ्रान्सिस्को क्यालिफोर्निया बस्ने घनप्रसाद दवाडी लाई नियुक्त गरेको छ ।

पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले दवाडीलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो ।

पच्चीसौं वर्ष देखी पर्यटन व्यबसायमा संलग्न भएका प्रतिष्ठित पर्यटन व्यवसायी तथा अमेरिका मा समाजसेवी को रुपमा चर्चित दवाडीलाई संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबद्र्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति आभार व्यक्त गरेका छन् ।

साथै आफूप्रति विश्वास गरी नेपाल सरकारले दिइएको जिम्मेवारी पुरा गर्न सधैं भर प्रयासरत रहने प्रण गरेका छन् । दवाडीले अमेरिकामा लामो समय देखि व्यवसाय संचालन गरिरहेका छन् । अमेरिकाबाट नेपाल जाने पर्यटक बढाउने र अमेरिकाका उत्तर पूर्बी राज्यहरुमा नेपाल संबन्धित प्रचारात्मक गतिविधि विस्तार गर्ने जिम्मेवारी नेपाल सरकारले दिएको छ । दवाडीले नेपाल पर्यटन बोर्डको लोगो प्रयोग गर्दै अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनको गतिविधि सञ्चालन गर्नेछन् ।

यसैबीच वाणिज्यदूत ऋषी ढकाल लगायत अमेरिका र नेपालका विभिन्न संघ संस्थाले पर्यटन बोर्डमा नियुक्त दवाडीलाई बधाई दिएका छन् ।