काठमाडौं, ४ भदौ । दिनेश अधिकारी चरीका प्रेमिका खुश्वु ओलीका पुर्व प्रेमी हुन अर्पण कोइराला । पैसाकै कारण अर्पणसँग सम्बन्ध विग्रेको खुश्वुले बताइसकेकी छन् । तर अर्पणका बाबु र आमा अच्युतराज कोइराला र चम्पा कोइरालाले खुश्वुकै कारण आफूहरु घरको घाटको भएको बताएका छन् ।
खुश्वु अर्पणसँग मिलेको अवस्थामा फर्पिङको घर राजधानी फाइनान्समा धितो राखेको अर्पणका बाबु अच्युतराज कोइरालाले बताएका छन् । ‘अर्पण र खश्वु एक्कासी आएर ५ लाख, १० लाख चाहियो भन्थे, अर्पणको ममी राष्ट्र बैंकको डिजिएम थिइन,’ उनले भनेपछि राजधानी फाइनान्सले फ्याट्दै ऋण दिन्थे’ कोइरालाले भने ‘अहिले त्यो घर लिलामीको अवस्थामा पुगेको छ ।’
कोइराला थप्छन्- ‘उनीहरु दुबै जनाको सल्लाहले विजुलीबजारको हाम्रो घर बेचेर बालकोट लगे । बालकोटको घर पनि बेच्ने कुरा गरे । हामीले रोक्न खोज्यौं मानेनन् नारायणस्थानमा अर्को घर छ बस्नुपर्छ भनेर आए । हामी नारायणस्थानमा ढुक्कसँग बसिरहेका थियौं लालपुर्जा लिइसकेको होला भनेको त डेरामा बस्ने पो कुरा गर्न थाले । नारायणस्थान आएपछि उनीहरुबीच फाटो आउन थालेछ । अहिले हामी घरको न घाटको अवस्थामा छौं ।’ समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
यस कारण अर्पणलाई छाडेँ: खुश्वु
‘चरी’ का प्रेमिका खुश्वु ओलीले भने पैसाकै कारण अर्पण कोइरालासँग सम्बन्ध विग्रिएको बताएकी छिन् ।
नयाँपत्रिकासँग अन्तर्वाता दिदै उनले यस्तो बताएकी हुन । कोइराला उनको पूर्व प्रेमि हुन् । पैसाको कारोबारले अर्पणलाई विगारेको उनले दाबी गरेकी छिन् ।’ उनले भनिन् ‘मेरो बुवाले अर्पणलाई दिनु भनेर हस्ताक्षरसहितको खाली चेक दिनुहुन्थ्यो । त्यत्ति विश्वास गर्नुहुन्थ्यो । तर उसले ड्याडीको पैसा फिर्ता गर्दा २५ लाखको बाउन्स चेक दियो । उसले विश्वासघाट गर्यो ।
खुश्वु थप्छिन्, ‘मेरो भिनाजुसँग वीरंगज गएर १ करोड क्यास लियो, तिरेन । तिर्ने मनसाय पनि देखाएन । अर्पणको आजसम्म न व्यापार छ न पैसा नै छ , हाम्रो रिलेसन टुटेको मुख्य कारण यही हो ।’
आयस्रोत नभएको मान्छे क्यासिनो गएर पैसा उडाउने गरेको पनि उनले बताईन ।
















प्रतिक्रिया