काठमाडौं, ११ साउन । पूर्व खेलकुद मन्त्री तथा सांसद पुरुषोतम पौडेल र कीर्तिमानी बिश्व पर्वतारोही धाबक संजय पण्डितलाई आज नेपाल ओलम्पिक संग्राहलयले बिशेष सम्मान गरेको छ ।
खेलकुद सम्बधि नेपालको पहिलो खेलाडी डायरी बिमोचन कार्यक्रममा खेलकुदमा अतुलनीय योगदान दिए बाफत पौडेललाई र साहशिक दौड तथा हिमाल आरोहणको माध्यमबाट नेपाललै बिस्व सामु चिनाएको हुनाले सम्मान गरिएको हो ।
कार्यकममा संग्राहलयका अध्यक्ष छितिज अरुण श्रेष्ठले सुभकामना र सम्मान गर्नु भएको थियो । कार्यकममा खेलाडी संघ महासचिब दीपक श्रेष्ठ, ओलम्पियन जित बहादुर केसी लगायतको सहभागिता थियो ।













प्रतिक्रिया