– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ११ साउन । डडेल्धुराको गांखेत गाविस ९ जैसिना र हर्तोलाका विद्यार्थीहरु बर्षौ पहिले निर्माण भएको काठको जिर्ण पुल वारपार गरेर विद्यालय जाने गरेका छन् ।
खोला तर्ने एउटामात्रै साधन कोठको जिर्ण पुल भएकोले सोही पुल तरेर विद्यार्थीहरु विद्यालय आउने गरेको भुवनेश्वरी मावि हर्तोतालका शिक्षकले बताए ।
डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । जसले तीनपटक प्रधानमन्त्री भइसकेर पनी आफ्नो जिल्लाको समस्या समाधान गर्न अझै सकेका छैन् ।
तीन दशक भन्दा पहिले निर्माण गरिएको जिर्ण पुलबाट विद्यार्थी लगायत सर्वसाधारणहरु समेतले विभिन्न कार्यका लागी ओहोरदोहोर गर्नुपरेको स्थानीयबासीन्दाको पीडा रहेको छ ।
जैसिना गाउँबाट विद्यालय अध्ययन गर्न जाने कक्षा ३ देखी दश सम्मका करिव ५५ जना बालबालिकाहरु जिर्ण पुलमा जोखिमपूर्ण यात्रा गरिरहेका जैसिना गाउका राम सिह कडाले बताए ।
करिव १५ मिटर लम्बाई रहेको उक्त पुलमा रहेका काठहरु सडेर गएका भए पनि सरोकारवाला निकायहरु संग पटक पटक पहल गर्दा समेत चासो नदिएको स्थानीय राम सिह कडालले बताए ।
विद्यालय आउने जाने क्रममा पनि डरै डरेले पुल पार गर्नुपरेको कक्षा ५ कि छात्रा सरिता कडाले बताईन ।













प्रतिक्रिया