१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा गोलभेडाबाट १३ करोड आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tomato-golveda

– कृष्ण ओझा

पाँचथर, ११ साउन । पाँचथरका किसानहरुले गोलभेडा खेतीबाट १३ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

यो आम्दानी गोलभेडा खेतीबाट लिएको आमदानी अहिलेसम्मकै बढी हो । जिल्ला कृषि विकास कार्यालयले जनाए अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा भन्दा गोलभेडाबाट किसानहरुले ३ करोड बढि आम्दानी लिएको जनाएको छ ।

जिल्लामा उत्पादित गोलभेँडा भारतको विभिन्न सहरमा निर्यात हुने गरेको छ । कृर्षी कार्यालयका सूचना अधिकारी नीलकोमल सिंहले युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम र कृषि प्रसार अन्तर्गत व्यवसायिक तरकारी उत्पादन कार्यक्रम मार्फत किसानलाई गोलभेडा खेती गर्न प्राविधिक सहयोग प्रदान गर्दै आएको जनाएका छन ।

जिल्लाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने तरकारी वालीमा गोडभेडा परेको छ । केही वर्ष यता गोलभेँडा खेतीप्रति किसानहरुको आकर्षण पनि बढेको छ । जिल्लाको अमरपुर, थर्पु, नाँगी र पञ्चमी गाविसलाई गोलभेडाको पकेट क्षेत्र मानिन्छ ।