१९ कार्तिक २०८३, बिहिबार

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra-bahadur-chand

काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तरको एकीकरण घोषणा भएको छ ।

मंगलबार सम्पन्न घोषणासभालाई सम्बोधन गर्दै, राप्रपाका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले एकीकरणबाट राष्ट्र, देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विचार व्यक्त गर्नुभयो ।

घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले एकजुट भएर प्रतिष्पर्धाको राजनीतिमा विचार र सिद्धान्तलाई जनतामाझ स्थापित गराउने लक्ष्य साकार पार्नुपर्दछ भन्नुभयो ।

उक्त समारोहमा राप्रपाका वार्ता संयोजक तथा कोषाध्यक्ष निलकण्ठ काफ्ले राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामालाई र राप्रपा नेपाल समानान्तरका वार्ता संयोजक तथा महामन्त्री श्याम तिमल्सिनाले राप्रपाका अध्यक्ष लोकेन्द्र बहादुर चन्दलाई सहमति पत्र हस्तान्तरण गर्न’भएको थियो ।