बुटवल ११ साउन । सोमबार रातिदेखिको अविरल वर्षाले बुटवलस्थित तिनाउ नदीको पानीको बहाब बढेको छ ।
पानीको बहाब बढेपछि पाल्पाको दोभानबाट साईरन बजाइएको छ । योसंगै तिनाउको नजिकै बस्ने ११ हजार स्थानीय जोखिममा परेका छन् । २०३८ सालपछि तिनाउमा यो पटक आएको बाढी ठूलो भएकोे स्थानीय जानाकारहरु बताउछन् ।
केहि दिनको लगातार बर्षासंगै तिनाउ नदीको बाढीले बुटवल १३ देविनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल समेत भत्काएको छ । बाढी बस्तीमा पसेपछि स्थानीयहरुले घर छाडेका छन् । उद्धारका लागी प्रहरी परीचालन गरीएको छ । बाढीले प्रगतिनगरका ५ घर बगाएको छ ।
यता झुम्सामा झरेको पहिरोले एक जनाको ज्यान गएको छ । बिहान पख खसेको पहिरोमा पुरिएर ओछ्यानमै सुतेको अवस्थामा अस्मिता विकको मृत्यु भएको हो । उनी झुम्साकै तिलोत्तमा उच्च माविमा कक्षा ९ मा अध्ययनरत थिईन् । पहिरोले सोही स्थानका ७ घर पुरेको छ । दोभान प्रहरीले उद्धार गरिरहेको छ । पहिरोका कारण बुटवल पाल्पा सडक अबरुद्ध भएको पश्चिम क्षेत्रिय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।















प्रतिक्रिया