११ कार्तिक २०८३, बुधबार

कोसीको भँगालोमा एक हजार दुई सय जना थुनिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ११ साउन । अविरल वर्षाका कारण सप्तरीको हनुमाननगरको गोबरगाढा क्षेत्र चारैतिर कोसीको भँगालोले घेर्दा करिब एक हजार २ सय जना थुनिएका छन् ।

डुबानमा परेका करिव तीन सय घरमा बिजोग किसिमले उनीहरु बसिरहेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

खाना पकाउने अवस्था नहुँदा गहुँको पिठो खाएर गुजारा चलाएका छन् । स्थानीय महिला स्वयंसेविका चेतरीदेवीले प्रत्येक घरमा बिरामी परेको जानकारी दिइन् । मंगलबारसम्म पानी नघटे थप महामारी आउने खतरा देखिएको छ ।

‘पकाएर खाना नपाई उनीहरु घरघरमा बिरामी परेका छन्’, उनले भनिन्, ‘उपस्वास्थ्य चौकीमा औषधि छैन । स्वास्थ्यकर्मी पनि छैनन् । औषधि लिन जाऔं भने चारैतिर कोसीका ठूला भंगाला छन् ।’

स्थानीइका अनुसार कोसी बढेकाले डुंगा चल्न बन्द भएको छ । घर डुवानमा परेकाले उनीहरु अग्लो ठाउँ, घरको छत र कम पानी भएको स्थानमा खाटमा दिनरात काटेका छन् ।

गोबरगाढाबाट सुरक्षित स्थान हुमाननगर कोसीका ठूला भँगाला तरेर जानुपर्छ ।