११ कार्तिक २०८३, बुधबार

विजय गच्छदारलाई ठूलो झट्का, मन्त्री बन्न कांग्रेस र माओवादीभित्र खटपट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Gachhadarकाठमाडौं, ११ साउन । कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।

गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भडकन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो ।

कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए ।

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा कांग्रेस र माओवादीसहित १६ दल छन्, जसमा मोर्चा सम्मिलित सात दल छन् ।

कांग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउनेमा छ ।

सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास उनीहरूको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा पार्टीको तर्फबाट नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलामध्ये एकलाई नेतृत्व दिएर पठाउने सम्भावना छ ।

कांग्रेस र माओवादी गठबन्धन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निधि आफैंले पार्टीको नेतृत्व गरेर जाने इच्छा देखाएका छन् ।
अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले पनि त्यस्तै इच्छा राख्दै आएका छन् । तर, देउवाको रोजाइ निधि या सिटौलामध्ये एक रहेको स्रोतको दाबी छ ।

पार्टीभित्र पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न सजिलो हुने गरी देउवाले मन्त्री छनोट सुरु गरेका छन् ।

निधिसँगै नेताहरू खुमबहादुर खडका, पूर्णबहादुर खडका, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाश शरण महत, बालकृष्ण खाँडलाई सरकार या पार्टीमा व्यवस्थापन गर्ने तयारीमा देउवा लागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रस्तावित प्रधानमन्त्री प्रचण्डले पनि पार्टीभित्र मन्त्रीहरू छान्न थालेका छन् । दाहाल तत्कालीन ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई नपठाई यस पटक नयाँ अनुहार लैजाने तयारीमा रहेको माओवादीका एक नेताले बताए ।

उपप्रधानसहित अर्थमन्त्रीमा कृष्णबहादुर महरा जाने चर्चा माओवादीमा छ ।