३० आश्विन २०८३, शुक्रबार

माओवादी नेताहरूलाई प्रश्न

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JEEWAN.नेपाल स्वजरल्याण्ड जस्तै बन्ने छ । नेपालमा कोही पनि बेरोजगारी हुने छैनन् । नेपाल ठुला बडा सासकले होइन जनताका छोराछोरीले चलाउने छन् । अझ भन्नुहुन्छ भने रोल्पा त नेपालको राजधानी बन्नेछ । रोल्पाली जनताहरू रोल्पाबाट नेपालगन्जसम्म सरर केबुलकारमा यात्रा गर्न पाउने छन् । सबैको घरघरमा मोटरबाटो पुग्नेछ । गाँउगाँउमा विद्यालय, स्वास्थ्य लगायत यस्ता उद्देश्य त हामीसंग कति छन् कति । आउनुहोस् हाम्रो आन्दोलनमा सहभागी हुनुहोस् । देश बदलिनेछ, समाज बदलिनेछ, यस्तै–यस्तै ख्रोक्रा नाराहरू घन्काउदै रोल्पाका बिभिन्न कुनाकुनाबाट कमरेड प्रचण्ड, किरण, लालध्ज, बादल, बिप्लब, महरा लगायत अन्य माओवादी नेताहरू २०५२ सालतिर रोल्पासहित देशैभरि सोझा जनतालाई लोभ देखाई रहेका थिए ।

अबश्य रोल्पालाहरूलाई पनि मन थियो समाज बदल्ने, देश बदल्ने यस्तै सपनाहरू देखिरहेका थिए रोल्पालीहरू । हजारौ रोल्पाली युबा, बिद्यार्थी, किसान, महिला सबै त्यो माओवादीले चलाएको युद्धमा होमिए । राज्यलाई कारबाही स्वरुप, गुलेली समेत नछोएका रोल्पालीहरूले बम, बारुद र बन्दुक पनि खेलाउन बाध्य भए । दिन प्रतिदिन परिर्वतनका सपना देख्दैै युद्धमा सहभागी भए । बिस्तारै बिस्तारै बाध्यता पनि हुन थाल्यो । त्यही बीचमा छ, सात, आठ, नौ, दश पढ्दै गरेका कलिका कर्ण धारहरूको भबिश्यमाथी खेलवाड गरिदै थियो । युद्धमा जान नचाहानेहरूले कुटाई खाए, पिटाई खाए कतिले ज्यान समेत गुमाए । बाध्यताले पनि धेरै रोल्पालीहरू युद्धमा सहभागी भए । बिस्तारै सरकारले जनतालाई तारो बनाउदै थियो, माओवादीले जनतालाई गलत आश्वासन दिदै सरकारसंग लडाइँरहेको थियो । माओवादी शीर्ष नेताहरू भारतमा लुकेर बस्दै थिए । ती जनतालाई भारतको बिरोध गर्न समेत लगाएको थियो । बिचरा जनतालाई के थाहा नेताहरू भारतमा छन् भनेर ।

सामाजिक सरचना भत्किँदै थिए । हजारौ जनताको ज्यान जादै थियो । नेपाली जनातले नै दुःख पाउँदै थिए । भाई–भाई लड्दै थिए । बिचरा नेपालीहरू सुन्दर परिवार निमार्ण गर्ने उदेश्यले लाखाँै पैँसा तिरेर खाडीमा पसिना बगाउदै कामएको पैसा कर स्वरुप माओवादीले उठाउदै थियो । जनता पनि बिस्तारै बिस्तारै दिक्क मान्दै थिए । माओवादीभित्रै पनि बलात्कारी, भ्रष्टचारी बढ्दै जादै थिए । माओवादीको तमासाले नागरिक वाक्क हुँदै गए । तर यो क्रम दश वर्षसम्म चलिरह्यो । योबीचमा चौध हजार नेपाली नागरिकले ज्यान गुमाए, हजारौ अङग भङग भए, हजारौ चेलीको सिउँदो पुछियो, करौडको सामाजिक संरचना ध्वस्त भए ।

माओवादी शान्ति प्रकृयामा पनि आयो । बिस्तारै माओवादीप्रति जनताले गरेको बिश्वास गुम्दै गयो । सरकारले पनि संबिधानसभाको पहिलो निर्बाचन घोषण ग-यो, माओवादीले पनि चुनाबमा भाग लियो । अझ प्रचण्ड नै रोल्पाली जनताका प्रतिनिधि हुँदा, रोल्पालीका धरै इच्छा आंकाक्षा थिए । रोल्पाबाट भारी मत ल्याएर प्रचण्डलाई रोल्पालीले बिजय गराए । रोल्पा मात्रै नभई देशैभरिबाट माओवादीले बहुमत ल्यायो । रोल्पाली जनताले धेरै दुःख कस्ट, पीडा सहेर दश वर्ष हुर्काएको माओवादी पाटीले सरकारको नेतृत्व पनि ग-यो । स्बभाबी कै थियो खुसी हुनु, बिस्तारै यो आसा केही महिनामा निरासमा परिणत हुँदै गयो । कारण भनिन्छ नि हात चाट्दा कुहिनो निल्ने । प्रचण्डमा त्यस्तै देखियो । सरकार पनि गयो ।

माओवादी पार्टी पहिलोबाट तेस्रो हुन पुग्यो । बिस्तारै केही दिनमै माओवादीले आफ्नो असली रुप देखाउन थाल्यो । दश वर्ष भिडाएका जनसेना समेत अयोग्य बन्न पुगे । प्रचण्ड, लालध्वज कै निजी स्वार्थका कारण । माओवादी पनि टुक्रा टुक्रा हुँदै गयो । बाबुराम नयाँ शक्ति, बिप्लबफेरि युद्धकै भ्रममा, किरण घर न घाटको, प्रचण्ड फोड्ने र जोड्ने मै तलिन, हेमन्त आफ्नै धुनमा चौध हजार सहिदका सपना जिउकातिउ, आन्दोलनका टाउकेहरू आरोप प्रत्यारोपमा ब्यस्त, एकले अर्काको अस्तित्व मेटाउने काममा सक्रिए । पूर्व लडाकुहरू बिदेशिन बाध्य भएका छन् । अन्तरजातीय बिबाहहरू धमाधम डिर्भोस भइरहेका छन् । के यही थियो माओवादीले रोल्पामा बाडेको सपना ? यति बेला सहिदहरूले यी माओवादीहरूलाई गिज्याई रहेका छन् । एकल महिलाहरूले श्राप दिइरहेका छन् । अंगभंग भएकाहरूले थुकिरहेका छन् । रोल्पाली जनताले जनयुद्धको मूल्य खोजीरहेका छन् ।

के भयो दश वर्षको उपलब्धी प्रचण्ड लाजिम्पाट, बाबुराम नयाँशक्ति, वर्षमान अर्थमन्त्री, ओनसरी सभामुख खै रोल्पालीले चाहिँ खास के पाए ? दु?ख पाए, पीडा पाए, आफन्त गुमाए, श्रीमान् गुमाए, शिक्षाबाट बञ्चित भए । के यहि थियो रोल्पालीलाई कमरेडहरूले बाडेको सपना ? कहाँ के बिकास भयो ? उस्तै छ थबाङ, उस्तै छ जेल्बाङ, उस्तै छ लिबाङ । मात्र माओवादी नेताहरूको जीवन शैली फेरियो सामान्या परिपवारबाट रातो नम्बर प्लेटका कारमा चढ्नेसम्म हैसियत बनाए ।

अब माओवादीहरू के मुख लिएर रोल्पालीको घर दैलोमा आउने होलान् ? बस यत्ति मात्र सोँचीरहेका छन्, रोल्पाली जनता ।