१ कार्तिक २०८३, शनिबार

हङकङमा हाइक फर नेपाल (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kick-start ceremony of the "Hike for Nepal in Hong Kong" organised by We Will Rise Foundation to raise fund for rebuilding Nepal after the devastating earthquake last year. 24JUL16 SCMP/Nora Tam

हङकङ । ‘हाइक फर नेपाल’ शिर्षकमा आइतबार आयोजित कार्यक्रमले एसियाज वल्र्ड सिटीको उपमा पाएको हङकङ सहरलाई करिब चारघण्टा नेपालमय बनायो ।

भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) आयोजना गरिएको हो । करिब १३ किलोमिटर यात्रालाई ‘नेपालका लागि सँगसँगै पाईला चालौ’ नारा दिइएको थियो । सहरको मुटुमा केन्द्रित सेन्ट्र«लस्थित हङकङ अवजरभेसन विह्लबाट विहान करिब ८ः३० मा सुरु भएको यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडहरुलाई छिचोल्दै समुद्री किनार रिपल्स बे मा पुगी टुंगिएको थियो ।

यहाँ बसोबासरत नेपाली स्थानीय चिनियाँ र विदेशीहरु गरी करिब तीन सयको सहभागिता रहेको हाइकिङमा सहभागीहरु वि विल राईज (हामी उठ्ने छौं) अंकित टिसर्टमा सजिएका थिए । महावाणिज्यदूत कमल प्रसाद भट्टराईले नेपालको राष्ट्रि«य झण्डा उचाली कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

hongkong

१० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित किर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा र १२ गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागाई कार्यक्रमको मुख्य आकर्षण बने । गुरागाईले सोही समारोहमा १३ औं किर्तिमान थप्ने क्रममा कुहिनोमा ६.६२ सेकेण्ड बास्केटबल नचाएका थिए ।

२८ वर्षीय फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व किर्तिमान बनाएका छन् । तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को किर्तिमान पनि उनकै नाममा छ । हाइकिङमा स्थानीय चिनियाँ सगरमाथा आरोही जोन च्याङ समेत उपस्थित थिए । उनले दुईपटक सगरमाथा आरोहण गरेका बताए । ‘नेपाल प्रर्वद्धनात्मक कार्यक्रममा सहभागी हुन अत्यन्तै पाउँदा खुशी लागेको छ’, नेपालसँग बेग्लै आत्मीयता गाँसिएको बताउँदै च्याङले भने, ‘भूकम्पपछि हामीले पनि सक्दो सहयोग गर्ने प्रयास गरिरहेका छौं ।’

hongkong-2

‘हामी उठ्नेछौ’ अभियान अन्र्तगतकै पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम स्थानीय संस्था मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको हो । ‘नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगोस् भन्ने हेतु यस्तो कार्यक्रमको आयोजना गरेका हौं’, ‘मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले भने, प्रचण्ड गर्मीको समेत परवाह नगरी नेपाली लगायत स्थानीय चिनियाँहरुले देखाएको सद्भावले ठूलो हौंसला मिलेको छ ।’

भूकम्प पीडितहरुको सहयोगार्थ सुरु भएको हामी उठ्ने छौ अभियानले पछिल्लोसमय विभिन्न क्षेत्रहरुमा उत्प्रेरणामूलक गतिविधिहरुलाई निरन्तरता दिदै आइरहेको छ ।

तस्बिरः साउथ चाइना मोर्निङ पोस्ट/नोरा ट्याम