२९ आश्विन २०८३, बिहिबार

कामरेड नेपाल ! प्रधानमन्त्री गुटका की देशका ‘राजनेता’ ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naresh-kc– नरेश केसी

संसदमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि राखिएको अविश्वासको प्रस्तावमाथि विपक्षीहरुले कडा रुपमा सरकारभन्दा व्यक्तिगत रुपमा ओली माथि कटाक्ष गरिरहेका थिए । त्यसै मेसोमा सत्तारुढ दल एमालेको पालोमा वरिष्ठ नेता माधव कुमार नेपालले सम्बोधन गरे । माधव नेपालले प्रस्तावको विपक्षमा मत प्रकट गर्न संसदको रोस्टममा उभिएता पनि उनले सरकार सञ्चालन भएको आफूलाई चित्तै नबुझेको भन्दै विपक्षीको मतलाई प्रोत्साहन दिए । नेता नेपालले ओली सरकार एमाले नेतृत्वको भन्दा गुटको सरकार भएको भन्दै कडा आलोचना गरे ।

एमालेभित्रैबाट संसदको रोस्टममा सरकारको पक्षमा बोल्न उभिएका नेता माधवकुमार नेपालले आफ्नै पार्टीका नेता प्रधानमन्त्री बनेकोमा कति असन्तुष्ट रहेछन् भन्ने कुरा प्रस्ट देखियो । नेता नेपालले आफ्नै पार्टीका अध्यक्ष देशको कार्यकारी प्रधानमन्त्री भएर देश विकासको तीव्र गतीको रथ हाकिरहेको बेला साथ दिनुको सट्टा रथको पांग्रा कसरी काटिरहेका थिए भन्ने कुरा उनको भाषणले सिद्ध गरेको छ । जब आफ्नै ले खुट्टा तान्छन भने अरुको के कुरा ?

संसदमा सरकारको अविश्वासको प्रस्तावमाथि भएको छलफलमा सहभागिहरुको भाषण मैले नछुटाई सुने । माधव नेपालले गरेको भाषणमा मैले कन्फ्युज भएकी भनेर युट्युबका गएर दोहर्याई तेहर्याई सुनिरहे । उनले सकारात्मक कामको प्रशंसा गरौं भन्दै अहिलेको राजनीति गुटकरण भएको भने । मनमोहन अधिकारी नेतृत्वको ९ महिने एमाले सरकारका मन्त्री छँदा आफूले गरेका कामको कतै चर्चा नभएको केबल मनमोहनको मात्रै नाम लिइरहेको भन्दै असन्तुष्टि समेत पोखेका नेपालले आफ्नो भाषणको क्रममा धेरै कुरा राखे । तर उनले केपी ओली नेतृत्वले गरेको प्रशंसनीय कामको कुनै चर्चा गरेनन् । उनले अविश्वासको प्रस्तावहरुमध्ये कतिपय कुरा ठीक होलान समेत भन्न भ्याए ।

सम्बोधनकै क्रममा नेपालले भने ‘अहिलेका वक्ताले भन्नुभयो एमाले बाहेक भन्नुभयो, सरकारमा एमाले पनि छैन, एमालेको भएको भए त मलाई चित्त बुझ्थ्यो नी, गुट छ गुट ।’ नेपालले सरकार संस्थागत ढंगले नचलेको आरोप लगाए । एमालेभित्रैबाट संसदको रोस्टममा सरकारको पक्षमा बोल्न उभिएका नेता नेपालले आफ्नै पार्टीका नेता प्रधानमन्त्री बनेकोमा कति असन्तुष्ट रहेछन् भन्ने कुरा प्रस्ट देखियो । नेता नेपालले आफ्नै पार्टीका अध्यक्ष देशको कार्यकारी प्रधानमन्त्री भएर देश विकासको तीव्र गतीको रथ हाकिरहेको बेला साथ दिनुको सट्टा रथको पांग्रा कसरी काटिरहेका थिए भन्ने कुरा उनको भाषणले सिद्ध गरेको छ । जब आफ्नै ले खुट्टा तान्छन भने अरुको के कुरा ?

नेता नेपालले संसदमा बोलेको कुराले एमालेको एउटा पंक्ति ओलीलाई प्रधानमन्त्रीबाट च्यूत गर्न अग्रसर थियो भन्ने प्रमाणित गरेको छ । तर नेपालले एउटा गुटले सरकार चलाएको भन्ने संगीन आरोप लगाएको २४ घण्टा वित्न नपाउदैं ओलीले सम्मानका साथ सरकार छाडेर संसदबाट बाहिरिदा विपक्षी दलहरु समेत नतमस्तक देखिनुले के संकेत गर्दछ ? के उनी गुटका मात्रै थिए त । ओली नेतृत्वको सरकारले गरेको काम कारबाही र विकासका दुरगामी योजनाले आज नेपाली जनताको मन मष्तिस्क छोएको छ । राजनीतिक इतरका मान्छेहरु पनि ओलीको साहसिक कदमको कारण राजनीतिमा चाँसो दिन थालेका छन् । ओलीलाई हटाउन भारतीयहरुको हात थियो भन्ने कुरा सोमबार प्रकाशित भारतीय पत्रपत्रिकाले प्रमाणित गरिसकेका छन् । भारतीयहरुको चंगुलमा पुष्पकमल दाहाल प्रचण्ड यसरी फसे की उनले आफ्नो राजनीतिक पृष्ठभूमि नै विर्सन पुगे । रअको मिसनमा ओली सरकार फेरबदलको काम भएको कुरा प्रधानमन्त्री बन्नु अगावै पूर्व भारतीय राजदूतले फास्ट ट्रयाकको काम भारतलाई दिनुपर्ने प्रस्तावले पनि प्रमाणित गरिदिएको छ । फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउनेगरी जब सरकारले बजेट विनियोजन गरयो त्यसपछि भारत चिढीएर यो सरका ढाल्न अग्रसर भएको कुरा लुकाएर लुक्दैन । सरकार ढाल्न हिजो संविधान जलाउनेहरु पनि एक कदम अगाडी सरेर कस्सीएर संसदमा छिरे । यी सबै दृष्टान्तले अहिलेको खेल कसले खेलिरहेको छ भन्ने प्रस्ट हुन्छ ।

आइतबार राति देखी नै सामाजिक सन्जालहरुमा कांग्रेस, माओवादी तथा अन्य दलमा सक्रिय रहेका नेता एवं कार्यकर्ताले पनि ओली सरकार समयको माग भएता पनि अंकगणीतिय खेलले बाहिरिनु दुःखद भएको तर्क गरेका छन् । नागरिक अगुवाहरुले त ओली सरकारले गरेका काम र जादा जादै उनले संसदमा दिएको सभ्य र शान्त तर्कपूर्ण भाषणले नतमस्तक भएको प्रतिक्रिया दिइरहदा एमाले भित्रकै केही जनहरुले खुसी प्रकट गर्नु कस्तो राजनीति हो ?

नेपालको राजनीतिक इतिहांसमा प्रधानमन्त्री छँदा भन्दा प्रधानमन्त्रीबाट बाहिरिदा सबैभन्दा धन्यावादको पात्र बन्ने एकमात्र केपी ओली हुन् । ओलीले प्रधानमन्त्रीको राजीनामा जसरी छाती ठूलो बनाएर सारा देश र संसदलाई साक्षी राखेर दिए त्यसले हिजोसम्म उनको विपक्षीमा मत जाहेर गर्नेहरुले पनि सामाजिक सन्जालभरी उनको प्रंशसा गरेका छन् । सरकारमै रहेर पनि नैतिकताको ख्यालै नगरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने प्रस्तावक प्रचण्डले पनि बाध्य भएर ओलीलाई राजनेता भन्न पुगे ।

आइतबार राति देखी नै सामाजिक सन्जालहरुमा कांग्रेस, माओवादी तथा अन्य दलमा सक्रिय रहेका नेता एवं कार्यकर्ताले पनि ओली सरकार समयको माग भएता पनि अंकगणीतिय खेलले बाहिरिनु दुःखद भएको तर्क गरेका छन् । नागरिक अगुवाहरुले त ओली सरकारले गरेका काम र जादा जादै उनले संसदमा दिएको सभ्य र शान्त तर्कपूर्ण भाषणले नतमस्तक भएको प्रतिक्रिया दिइरहदा एमाले भित्रकै केही जनहरुले खुसी प्रकट गर्नु कस्तो राजनीति हो ?

ओली वास्तवमै राजनेता बनेर निस्किए । उनले आफ्नो कद र उचाईलाई अबको राजनीतिक जीवनमा यथावत राख्न सकेमात्रै उनी नेपाल र नेपालीको लागी विकास र राजनीतिका जीवन्त मार्गदर्शक बनिरहन सक्छन् । उग्रवामपन्थी प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, राजतन्त्रवादी कमल थापा नेतृत्वको राप्रपा नेपाल, संघीयता विरोधी चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा लगायतका पूर्व र पश्चिम फर्किएका दललाई एउटै सूत्रमा बाधीं असाधरण परिस्थितीमा सरकारको नेतृत्व गरेका केपी ओलीले राष्ट्र र राष्ट्रियताको लागि इतिहासमै अब्बल काम गरेका छन् ।

एमालेको एकल सरकारको रुपमा करिब ५ वर्ष काम गर्न पाएको भए ओलीले देखाइदिने थिए की नेपाल विश्वको कुन कोटीमा पर्दछ भन्ने ? यहि गठबन्धन सरकार अझै एक वर्ष चल्न दिएको भए उनको काम गर्ने स्प्रीटले संकेत गरिसकेको थियो नेपाल दक्षिण एशियाकै समृद्ध र शान्त देश बन्नेछ । बिडम्बना ! सत्ताको लुछाचुँडीमा रमाउने दलहरु पुनः भागभण्डाको राजनीतिमा केन्द्रित भए ।

एमालेको एकल सरकारको रुपमा करिब ५ वर्ष काम गर्न पाएको भए ओलीले देखाइदिने थिए की नेपाल विश्वको कुन कोटीमा पर्दछ भन्ने ? यहि गठबन्धन सरकार अझै एक वर्ष चल्न दिएको भए उनको काम गर्ने स्प्रीटले संकेत गरिसकेको थियो नेपाल दक्षिण एशियाकै समृद्ध र शान्त देश बन्नेछ ।

बिडम्बना । सत्ताको लुछाचुँडीमा रमाउने दलहरु पुनः भागभण्डाको राजनीतिमा केन्द्रित भएका छन् । सत्ताको लुछाचुडीमा रमाएता पनि ओली सरकारले अगाडि सारेका काम र योजनालाई कार्यान्वयन गरेमा मात्रै पनि आगामी सरकार सफल हुन सक्छ । यसैले अब बन्ने गठबन्धनको सरकार र अहिलेसम्म चर्चामा रहेका अबका प्रधानमन्त्री प्रचण्डले आफ्नै टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवा र राजनीतिक हिसाबले प्रमुख वर्ग शत्रु मान्ने कांग्रेस तथा संविधान जलाउले मधेसवादी दललाई कसरी सारथी बनाएर देशविकासमा अघि बढ्छन् त्यो समयले देखाउने छ । शुभकामना प्रचण्डलाई, बधाई केपी ओलीलाई ।