११ कार्तिक २०८३, बुधबार

अब यसरी चयन हुनेछ नयाँ प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC Samsad Bhawanकाठमाडौं, १० साउन । संसदको नियमावली २०७३ को निमय ४९ अनुसार संसदले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्नेछ ।

संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले संसदका महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अघि बढाउने प्रावधान छ ।

निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक र प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नु पर्ने हुन्छ ।

त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदको तत्काल कायम रहेको सम्पूणै सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।