११ कार्तिक २०८३, बुधबार

बैंकबाट पैसा पठाउँदा महँगो, विदेशबाट यसरी आउँछ मजदुरको पैसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa Nepaliकाठमाडौं, १० साउन । सरकारले वैधानिक रुपमै रोजगारी खुला गरेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटो भित्रिने गरेको छ ।

त्यहाँबाट झन्डै ९६ प्रतिशत रकम हुन्डीमार्फत आउने गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

सरकारले तोकेका माध्यम बैंक तथा रेमिट्यान्स कम्पनीबाट रकम पठाउँदा महँगो पर्ने भन्दै नेपाली श्रमिकले चारेबाटो प्रयोग गरिरहेका हुन् ।

बैंकहरुले रेमिट्यान्स रकम पठाए बापत चर्को मूल्य असुल्ने गरेको भुक्तभागी बताउँछन् ।

दक्षिण कोरियाबाट ४ प्रतिशत रकम मात्रै वैधानिक माध्यमबाट आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यहीबाट वार्षिक ४२ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको बैंकका कार्यकारी निर्देशक एवम् विदेशी मुद्रा विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।

सन् २००८ यता झन्डै ३६ हजार नेपाली कोरिया पुगेका छन् । कोरिया सरकारले प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली कामदार लैजाँदै आएको छ ।

यस वर्ष कृषि क्षेत्रमा काम गर्न २ हजार १ सय र औद्योगिक क्षेत्रका लागि एक हजार गरी ३ हजार १ सय कामदार जाँदैछन् ।