१ कार्तिक २०८३, शनिबार

न्युजिल्याण्डमा डा. केसीको समर्थनमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr KC Samarthan_Christchurch

क्राइष्टचर्च, न्युजिल्याण्ड । चिकित्सा क्षेत्रका बेथितिको विरोधमा दुई सातादेखि अनसनरत डाक्टर गोविन्द केसीका आन्दोलनमा न्युजिल्याण्डका नेपालीले ऐक्यवद्धता जनाएका छन् ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा क्रियाशील नेपाली समुदायको संस्था नेपाल न्युजिल्याण्ड फ्रेण्डशीप सोसाइटीको आयोजनामा आइतबार स्थानीय रे ब्ल्याङ्क पार्कमा भेला भएर क्राइष्टचर्चमा बस्ने नेपाली समुदायले डाक्टर केसीको आन्दोलनमा समर्थन जनाएका हुन ।

Dr KC Samarthan_Christchurch-1

नेपाली टोपी र झण्डासहित उपस्थित नेपालीजनले डाक्टर केसीको आन्दोलनमा समर्थन र नेपालका राजनीतिक नेतृत्वलाई कटाक्ष गर्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भ्रष्टाचार र स्वास्थ्य क्षेत्रको अनियमितताविरुद पटकपटक अनसन बसेका डाक्टर केसीको आन्दोलनमा नेपालमा सर्वसाधारणदेखि विशिष्ठ क्षेत्रबाट पनि ऐक्यवद्धता आइरहेको छ ।

शनिवार काठमाडौंमा सर्वसाधारणको समर्थन अभियानबाट आफूहरु प्रेरित भएर छोटो समयको सूचनामा ऐक्यवद्धता आन्दोलन संयोजन गरेको सोसाइटीका अध्यक्ष सागर पाण्डेको भनाइ छ ।

डाक्टर केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएका क्राइष्टचर्चवासीले तत्काल माग पूरा गरी केसीको जीवन रक्षा गर्न माग गरेका छन् ।