१ कार्तिक २०८३, शनिबार

ठकुरीलाई अमेरिकामा दुई राष्ट्रिय स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_2157– विजय थापा

वाशिंगटन । अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा भै रहेको युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेलमा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले दुई राष्ट्रिय स्वर्ण पदक हात पारेका छन् ।

उक्त राष्ट्रिय खेलमा खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरी गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई फ़ाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ काताको सिर्जना गर्न सफल भएका छन् ।

युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेल प्रतियोगिता गत जुलाई २१ देखि जुलाई ३१ तारिखसम्म चल्नेछ । यो राष्ट्रिय खेल पहिलो पटक यसै वर्ष सन् २०१६ बाट सुरु गरिएको हो । हरेक दुई वर्षमा यसको आयोजना गरिने आयोजकले जनाएका छन् ।

ठकुरीले २ मिनटको समयभित्र पम्परागत तेन्सो कातालाई सृजना गरे । ठकुरीले अहिलेसम्म १२ स्वर्ण, ४ रजत र ४ कास्य जित्न सफल भएका छन् ।