२८ आश्विन २०८३, बुधबार

‘आगो लगाएर दुई दिन घरमै थुने’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aagoकाठमाडौं । उसै त आगोले जलेर भतभती पोल्ने घाउ, त्यसमाथि मलमबिना दुई दिनसम्म घरमै थुनेर थप यातना दिँदाको पीडा१चैत ३ गते दाइजोको निहुँमा पतिद्वारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढफालीलाई यतिखेर जलेको घाउ बरु त्यति दुख्दैन, जति आफ्नै पतिबाट पाएको पीडा र यातना दुख्छ।

उनी घरि आगोले खर्लप्पै निलेको आधा शरीर नियाल्छिन्, घरि एकोहोरो टोलाउँछिन् विगततिर, जहाँ सँगै जिन्दगी बिताउँछु भनी निकाहा गरेका पतिबाट पाएको यातनाबाहेक उनीसँग केही छैन।

त्यो फागुको दिन थियो। विगतमा पनि पटकपटक दाइजोको कुरा झिकेर यातना दिने पति फरिद सेख त्यस रात अलि बढ्तै उग्र भए। रिहानाको दुवै हात बाँधेर सुम्ला उठ्नेगरी जिउभरि बेल्ट बर्साए। गुप्तांगमा चुरोटले पोले।

पीडा सहन नसकेर उनी ओछ्यानमा घोप्टो परिन्।

एकछिन सबै शान्त भयो। तर, यो शान्ति क्रूरताको अन्त्य थिएन।

राति ११ बजेतिर सासूले पछाडिबाट आएर रिहानाको जिउमा मट्टीतेल खन्याइन्। उनी अत्तालिइन्। बेल्टको चुटाइले पहिल्यै हल न चल भइसकेकी थिइन्। आगो लगाउन खोजे भनेर जान्दाजान्दै भाग्न सकिनन्। उनी चल्मलाइरहेकी थिइन्, एक्कासि लोग्ने आएर झ्वार्र सलाइ कोरिहाल्यो। गुहारसम्म माग्न नभ्याउँदै उनको जिउमा ह्वार्र आगो सल्किहाल्यो।

उपचारका लागि मंगलबार वीर अस्पताल ल्याइएकी रिहानाले नागरिकलाई आफ्नो यो पीडा सुनाउँदा मिनेट–मिनेटमा उनको गला अवरुद्ध भइरह्यो।

लक्ष्मणपुर–८ मियापुरवाकी रिहानालाई मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका हुन्। शरीरको तल्लो भाग पूरै जलेकी उनलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो। चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको हो। जिउँदै जलाइँदा सात महिनाकी गर्भवती रिहानाले आइतबार नेपालगन्जको भेरी अञ्चल अस्पतालमा शिशु जन्माइन्, तर बचेन।

उनी यतिखेर वीरको बर्न वार्डमा उपचार गराइरहेकी छन्। कम्मरमुनि जलेको भागमा सेतो ब्यान्डेज बाँधिएको छ। उनी आफूले ओडिरहेको रंगविरंगी पछ्यौराले सेतो ब्यान्डेज बाँधिएको घाउ घरिघरि ढाक्न खोज्छिन्। दाँतले ओठ टोकेर पीडा लुकाउन खोज्छिन्। एकातिर आगोको जलन, अर्कातिर परिवारबाट पाएको चरम यातना– मनभरिको पीडा थाहै नपाई उनको गह भरिएर ओर्लन्छ। घरिघरि। नागरिक दैनिकबाट