काठमाडौं, ३ भदौ । सरकारले राजधानीको तिन वटै जिल्लामा देखिएको डेगीको प्रकोप रोक्न एउटा अभियान कै रुपमा हरेक घर गएर लामखुट्टेलाई खोजेर नष्ट गर्नु आवश्यक छ ।
करिव ६ महिना देखी राजधानी बाहिर नगएका व्यक्तिमा डेगूको संक्रमण देखिएको छ । ‘एडिस एजेप्टाई’ पोथी लामखुट्टेले टोकेको तीनदेखि १४ दिनसम्ममा डेगूको लक्षण देखापर्छ । सफा पानीमा फुल पार्ने यो लामखुट्टे दिउसो टोकछ ।
‘काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय व्यक्तिहरुमा यो संक्रमण देखिएको छु, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाका निर्देशक डा।वावुराम मरासिनि भन्छन, ‘यसैले राजधानीलाइ युनिट मानेर घरघर गएर लामखुट्टे विरुद्घ सर्च एण्ड डिस्ट्रोय, प्रकृया अपनाउनु अत्यावश्यक छ ।’ उनी डेगी नियन्त्रणको यो प्रकृया अनुसार स्वास्थ्य लगायतका अन्य अधिकारीहरुलाइ हरेक घर पुग्नु पर्ने भएकोले खर्चिलो हुने बताउछन ।
वालकोट, नखिपोट, भिमढुङ्गा लगायतका ठाउमा समेत डेगीका विरामी देखिएको हो । डा।मरासिनि निजी अस्पतालमा समेत राजधानीका डेगी संक्रमितहरु उपचार लिएको तथ्याङ्क रहेको बताउछन ।
‘राजधानीमा डेगी फैलाउने लामखुट्टे हुनु वातावरण परिवर्तन, अनियन्त्रितरअवैज्ञानिक शहरीकरणको प्रभाव समेत हो’, महामारी विशेषज्ञ डा.मानस कुमार बनर्जी भन्छन ‘यो महानगरमा डेगी नियन्त्रण गर्नु धेरै कठिन काम हो, लामखुट्टे नियन्त्रणको लागि समुदायलाई समेत लाई संलग्न गर्दे सर्च एण्ड डिस्ट्रोय क्याम्प, समेत चलाउनु पर्छ ।’
उनको अनुसार लामखुट्टे नियन्त्रणको लागि सिंगापुर झै सरकारले काठमाडौंको लागि समेत छुट्टै ऐन ल्याउनु पर्छ । सिंगापुरमा घरको गमलामा एउटा लामखुट्टे पाइए एक हजार डलर जरिमाना तिर्नु पर्छ ।
इपिडिमियोलजीको अनुसार करिव ६ महिना सम्म कुनै भ्रमण इतिहास नभएका राजधानीका पाच जनामा प्रयोगशाला प्रमाणित डेगु देखिएको हो ।
तर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा।राजेश साहका अनुसार अस्पतालमा हाल सम्म राजधानी कै लामखुट्टेको टोकाइवाट डेगू भएका करिव २१ जना उपचार सेवा लिएका छन । यस मध्ये करिव आधा जति नैकाप निवासी छन । यस्तै किर्तिपुर, न्युरोड, सुनधारा, वानेश्वर, वालाजु लगायतका ठाउवाट समेत डेगु संक्रमितहरु टेकु अस्पतालमा उपचारको लागि पुगेका थिए ।
‘तिन जना डेगु रोगीको रगतमा प्लेटेलेटस को संख्या अत्यन्त कम भएकोले अस्पतालमा भर्ना गरेर रगत चढाइ उपचार गर्नु पर्यो’, डा.साह भन्छन, ‘अन्य लाई भने रगतमा भएको प्लेटेलेटसको संख्या अनुगमन गर्दे लाक्षणिक उपचार दियौं ।’
वर्षायाममा पानी जम्ने टिनका बट्टा, पुरानो टायर, गमला, फुलदान, खाली ड्रम, टयांकी लगायतलाई खाली राख्नु पर्ने जनाउदै डा.मरासिनि भन्छन्, ‘सवै भन्दा बढी खतरनाक टायर हो, यसको हरेक पत्रमा पानी जम्छ ।’ घर छेउछाउमा भएको खाली वट्टा, टायर, ड्रम आदिमा पानी जम्न नदिन आग्रह गर्दे डा।मरासिनि लामखुट्टेको टोकाइवाट वाच्न पुरा वाहुला भएको लुगा संगै मलम समेत लगाउन सकिने वताउछन ।
हलचल नभएको सफा पानीमा सफा पानीमा यो रोग सार्ने लामखुट्टेले फुल पार्ने गर्छ । दिउसो टोक्ने कालो रंगको डेगी फैलाउने लामखुट्टेको जिउमा सेतो पट्टि हुन्छ ।
टेकु अस्पताल पुगेका डेगुका बिरामीहरुमा तिव्र ज्वरो, हात गोडाको जोर्नीको दुखाई, आखाको गेडी दुख्नु, कमजोरीको अनुभव जस्ता लक्षण देखिएको थियो ।
डेंगीको संक्रमण भएमा चिसो लाग्नुका साथै वाकवाकी लाग्नु, वान्ता हुनु, छालामा चकत्ता देखिनु, रगत बग्नु लगायतका लक्षण समेत देखिने गर्छ ।
डेगुको संक्रमण हुदा रगतमा भउको प्लेटेलेटसको सख्या चिन्ताजनक स्तर सम्म तल र्झन सक्ने औल्याउदै डा.साह भन्छन ‘यसमा छाला, आमाशय, आन्द्रा, रन्ध्र आदि ठाउ वाट असमान्य रक्तस्राव हुन सक्छ, सामान्य चोट लाग्दा समेत असमान्य रक्तस्राव हुन सक्छ ।’ यो भाइरस मानिसका शरिरमा प्रवेश गरी रक्तस्राव रोक्नमा महत्वपुर्ण भुमिका खेल्ने प्लेटेलेटसमा आक्रमण गर्छ ।
डेगीले गर्दा शरिरको रगत जम्ने प्रकृया अव्यवस्थित हुन्छ भन्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस नष्ट हुँदा हुन्छ । यो घातक अवस्थामा पुग्दा विरामीको सम्पुर्ण शरिरमा रक्त श्राव हुन थाल्छ ।
डेगी भएमा औषधि खादा समेत तिव्र ज्वरो निको हुदैन । यो संक्रमणले तिव्र टाउको दुखाई, हात खुट्टामा फोका आउनु, वाकवाकी, वान्ता र दिसा समेत खैरो वा कालो हुने गरेको डा.साह बताउछन । यो संक्रमण एक व्यक्ति वाट अर्को मा सर्देन ।
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुसार डेगूको कुनै उपचार छैन । हाल यसको लक्षणको आधारमा उपचार गरिन्छ ।
डव्लुएचओको आकलन अनुसार वर्षेनी कडा डेगु वाट प्रभावित करिव पाच लाख जना अस्पताल भर्ना हुन्छन, जसमध्ये वालवालिकाको संख्या धेरै बढी छ । रोग प्रभावित २।५ प्रतिसत को मृत्यु हुन्छ ।
डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार प्रकारको भाइरस वाट हुने डेगुको रोकथाम र नियन्त्रण प्रभावकारी रुपमा लामखुट्टेलाई नियन्त्रण गर्ने उपायमा निर्भर छ ।













प्रतिक्रिया