२८ आश्विन २०८३, बुधबार

नेपाली राजनीतिमा किन चाहियो नयाँ शक्ति ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam_Bhattarai

समाज निरन्तर गतिशिल छ । समाजमा विभिन्न प्रकारका अन्तरविरोध हुन्छन् । प्रकृतिसँगै अन्तरविरोध, मानिस–मानिस बीचको अन्तरविरोध, बर्गहरु बीचका अन्तरविरोध, समाजमा रहेका विभिन्न समुह बीचको अन्तरविरोध एक देश र अर्को देशबीचको अन्तरविरोध यी सबै अन्तरविरोध निरन्तर चलिरहन्छन् । त्यसले नै समाजलाई गति दिन्छ । त्यो अन्तरविरोधलाई हल गर्ने विधि र साधन भनेको राजनीतिक शक्ति र संगठन हो ।

हामीलाई के थाहा छ भने लामो समयदेखि नेपाली समाज सामान्ती एकात्मक राज्य सत्ताको रुपमा रह्यो । राजतन्त्रत्मक प्रणाली नेपालमा रह्यो । त्यो व्यवस्थालाई अन्त्य गरेर नेपालमा आधुनिक युग सुहाउँदो लोकतान्त्रिक प्रणाली, जनवादी व्यवस्था ल्याउनको निम्ति २००६–२००७ साल आसपास देखि एउटा संघर्षको शरुवात भयो । त्यतिबेला नै नेपालमा विभिन्न राजनीतिक दलहरुको उदय भयो । पहिले प्रजा परिषदको रुपमा त्यो आयो । राजा शाही विरुद्धमा संघर्ष गर्ने, पछि नेपाली काँग्रेसको उदय भयो । त्यसपछि वामपन्थी कम्यनिष्ट पार्टीहरु मध्येबाट एमाले धार अलि शक्तिशाली भएर आयो । पछिल्लो पटक २०५२ पछि माओवादी शक्ति अगाडि आयो । यसरी यी सबै शक्तिहरुले आ–आफ्नो लोकतन्त्र वा जनवादको प्रश्नमा केन्द्रित रहेर संघर्षको नेतृत्व गरे र यसैको समान्य परिणाम स्वरुप ०६२–०६३ को आन्दोलनपछि हामीले नेपालमा गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लोकतन्त्र लगायतका पुँजीवादी लोकतन्त्रका महत्वपूर्ण उपलब्धि हामीले हाँसिल ग¥यौं । यो भनेको नेपालको अढाई सय बर्ष यताको जुन एकिकृत नेपाल राज्य हो त्यसको इतिहासमा एउटा गुणात्मक महत्वको परिवर्तन हो ।

हामीले एउटा सामान्तवादी युगलाई अन्त्य गरेर मुलतः एउटा नयाँ पुँजीवादी युग हुँदै समाजवादी युगतिर प्रवेश गरेका छौं । त्यसैले यो अवस्थामा नेपालको नयाँ राजनीतिक विचार विमर्श र राजनीजिक शक्तिको आवश्यकता हन्छ भन्ने मेरो प्रस्तावना हो । किनकि कुनै पनि राजनीतिक शक्ति या कुनै पनि राजनीतिक विचार समाजमा तत्काल विद्यमान अन्तरविरोधहरु समस्याहरु हल गर्नका निम्ति उत्पन्न हुन्छन् । एउटा कालखण्डमा आफ्नो भूमिका निर्वाह गरी सकेपछि अर्को कालखण्डमा ती राजनीतिक शक्तिहरुले आफ्नो राजनीति र संगठनलाई रुपान्तरित गरेर नयाँ शक्तिको रुपमा विकाश गर्न सक्नपर्दछ । यदि सक्छन् भने ती राजनीतिक शक्तिहरुको औचित्य रहन्न । यदि ती राजनीतिक शक्तिहरुले बदलिएको सन्दर्भमा आफ्नो भमिका परिभाषित गरेर आफुलाई नयाँ शक्तिको रुपमा विकाश शक्तिको उदय हुन जान्छ । नेपाली समाज अहिले त्यो चरणतिर प्रवेश गर्दैछ । भलै हामीले संविधानसभाबाट संविधान बनाउन औपचारिक ढंगबाट त्यो पुँजीवादी क्रान्तिको एउटा चरणलाई संस्थागत ढंगले पुरा गर्न बाँकी नै छ ।

तर हामी छिट्टै नै संविधान सभा मार्फत संविधान बनाएर त्यो प्रकृया पुरा गर्दैछौं । त्यसपछिको नयाँ चरण पार हुन्छ त्यो नयाँ चरणको अगुवाई गर्न, देश र समाजलाई अगाडि बढाउन नयाँ शक्तिको आवश्यकता हुन्छ भन्ने मेरो प्रारम्भिक प्रस्तावना हो । त्यसैको निमित्त नेपालमा यो बहस सान्दर्भिक हुन्छ । नयाँ बिचार नयाँ शक्ति भन्ने बित्तिकै त्यसको केन्द्रमा बिचार हुनपर्दछ । शक्तिको निमित्त एउट बिचार चाहिन्छ, राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त चाहिन्छ । यी तीन कुरा भए मात्र शक्ति बन्छ । नेपालको सन्दर्भमा त्यस्तो नयाँ शक्तिको राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त प्रणाली के हुनपर्छ त्यसलाई संक्षिप्तमा प्रकाश पार्न चाहन्छ ।

बिचार दर्शन र सिद्धान्तका कुरा गर्दा कतिपय मान्छेले बिचार र सिद्धान्त पुराना भैसके त्यो किन चाहियो भन्ने गर्दछन् । हामीसँग हजारौ बर्ष यताको मानव समाज विकासको जन इतिहास छ । त्यसले के भन्छ भने समाज विकासको कालखण्डमा निश्चित विचार, सिद्धान्त, दर्शन बिनाको कुनै पनि राजनीतिक शक्ति हदैन । त्यसैले हामीले नेपालको अहिलेको सन्दर्भमा नयाँ शक्ति भन्दा त्यसको वैचारिक दार्शनिक, सैदान्तिक आधार के हुनुपर्दछ । यसबारेमा हामी प्रष्ट हुनु जरुरी छ । जसरी विश्व ब्रम्हाण्ड १२ अर्ब ७० करोड बर्ष पहिले उत्पत्ति भयो । त्यसपछि निरन्तर विकास एउटा गतिमा छ । त्यसै क्रममा करिब १ करोड बर्ष अगाडि जीवको विकास र उत्पति भयो र जीवहरु पनि विकास हुँदै जानेक्रममा करीब पचास हजार बर्ष पहिले मानव जातिको उत्पति भयो । १० हजार बर्ष पहिले भव्य उत्पादन इतिहास छ भन्ने कुरा इतिहासले प्रष्ट पार्छ । यसरी विश्व ब्रम्हाण्ड पनि एउटा गतिमा अगाडि बढेको छ । पछिल्लो पटक न्यूटनको सिद्धान्त जसरी अगाडि आयो, त्यसलाई अपूर्ण भयो भनेपछि आईन्स्टाइनको सिद्धान्त आयो । आइन्स्टाइनको सिद्धान्त पनि सबै सिद्धान्त बुझन पर्याप्त नभएकाले त्यस भन्दा अगाडि बढेर सम्पूर्ण सिद्धान्तको एउटा विचार भन्ने आएको छ ।

त्यसको खोजी प्राकृतिक वैज्ञानिकहरुले समेत संसार नियम बद्ध तरिकाले अगाडि बढ्छ भनेका छन् । समाज पनि त्यसकै उपज हो । मानव उपज समाज हो । प्रकृतिको उपज मानव हो, मानवको उपज प्रकृति हो । समाज विकासको पनि एउटा निश्चित नियम हुन्छ भन्ने एउटा आधार छ । त्यही आधारमा रहेर द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादी भन्न जनविचार अगाडि आयो । जसलाई माक्र्स, लेलिन एन्गेल्सले शुरुमा परिभाषित गर्नुभयो । त्यो विचारको आधारमा संसार एउटा बोध गम्य छ । त्यसैले समाजका यी नियमहरु पनि बोधगम्य छन् । निश्चित नियम अनुसार समाज अगाडि बढ्छ । प्रत्येक बस्तुमा विपरित्व बीचको एकत्व हुन्छ जुन प्रकृति विज्ञानले भन्छ ।

त्यस्तै मानव समाज पनि विभिन्न अन्तरविरोध, उत्पादन शक्ति र उत्पादन सम्बन्धको समाजमा जुन बस्तु उत्पादन हुन्छ । त्यसको प्रयोग हुने उत्पादनका साधन र बस्तु मानव–मानव बीचमा जन–सम्बन्ध उत्पादन शक्ति र सम्बन्धको विवादले समाजलाई गति दिन्छ । विभिन्न चरण हुँदै प्रारम्भिक दास युग, सामान्ती युग हुँदै पुँजीवादी र समाजवादी युगतिर यो अगाडि बढ्छ भन्ने माक्सवादी बिचारको प्रस्तावना हो । त्यसै हिसाबले समाज निश्चित नियम अनुसार अगाडि बढ्छ र त्यो नियमलाई बुझेर समाज विकासको क्रममा निश्चित ढंगले हस्तक्षेप गनुपर्दछ भन्ने समाजवादी विचार, माक्र्सवादी विचार र व्यक्तिगत विचारमा नै सार्वभौम हो । उसको इच्छा, आकंक्षा, हित, स्वार्थलाई मात्र हामीले बुझे पुग्छ भन्ने अर्को बिचार जसलाई हामीले उदारवादी बिचार भन्ने गर्छौं । यी दुईवटा बिचार अहिले विश्वमा छ र नेपालमा पनि राजनीतिक दलहरुले अंगिकार गरेका छन् । संसार विश्व ब्रम्हाण्ड जसरी निश्चित रुपमा नियम अनुसार अगाडि बढेको छ त्यसरी नै समाज निश्चित नियम अनुसार अगाडी बढ्छ । त्यसैले द्धन्दात्मक एतिहासिक भौतिकवादी बिचार प्रणाली नै अहिले सम्मको संगठन र वैज्ञानिक प्रणली हो भन्ने मेरो मान्यता हो । त्यसैले माक्र्सवादको जनमत प्रस्तावना हो त्यो सही छ । त्यसमा टेकेर अगाडि बढ्नु पर्दछ । बदलिएको परिस्थिति अनुसार माक्र्सवादी विज्ञानको पनि विकास हुँदै जान्छ । एक पटक परिभाषित गरिएको माक्र्सवाद सधैको निमित्त सात्स्वत भएर बस्दैन । त्यसैले माक्र्स एङ्गेल्सको पालामा जुन ढंगले यसको परिभाषा गरियो लेनिन, माओ र स्टालिनले प्रयोग गर्ने क्रममा केही विकासहरु भए ।

एकाईशौं शताब्दीमा आउँदा विज्ञानको नयाँ आविष्कार, समाजको नयाँ अन्तरविरोध र प्रश्नहरु उठेका छन् त्यसले गर्दा माक्र्सवादी विचारमा पनि हामीले विकास गर्नुपर्छ । माक्र्सवादले समाजलाई केन्द्रमा राखेर जुन विश्लेषण ग¥यो त्यो मुल रुपमा सहि हो । तर समाज भनेको फेरी मान्छेबाट बन्ने हो । समाजका अन्तरविरोध हल गर्नका निमित्त माक्र्सवादका प्रस्तावना सही छन् तर समाज व्यक्ति व्यक्तिबाट बन्छ र विज्ञानका पछिल्ला आविष्कारले के देखाएको छ भने प्रत्येक मान्छेका आफ्ना केही निश्चित स्वत्व र गुणहरु ह्ुन्छन् । माक्र्सवादी र समाजवादी दुईटै स्वरुप एउटै प्रकृतिका हुन्छन । विस्तारै उत्पादन प्रणालीमा परिवर्तन गर्दै गएपछि सबै मान्छे एउटै हुन्छन भन्ने जन प्रक्षेपण गरियो र व्यक्तिको आफ्नोपनलाई ध्यान नदिने कारणले गर्दा माक्र्सवाद र त्यसको जगमा निर्माण गरिएको समाजवाद असाध्यै यान्त्रिक प्रकारको हुन पुग्यो । खास गरी रुसमा क.स्टालिन पछि जुन समाजवादको निर्माण गर्ने कल्पना गरियो त्यो असाध्यै यान्त्रिक, भौतिकवादी ढंगले प्रत्येक मान्छेका आफ्ना स्वत्व, गुण हुन्छन् भन्ने कुरालाई ध्यान नदिई मान्छेलाई एउटा वस्तुको रुपमा मात्र जुन सोच बनाइयो त्यहाँ अपूर्णता रह्यो । त्यसैले माक्र्सवादको मुल प्रस्तावना भित्र व्यक्तिका स्वत्वहरु व्यक्तिको निजि पक्षहरुलाई ध्यान दिदै माक्र्सवादको दर्शनलाई समृद्ध गरिनु पर्दछ । त्यसो भयो भने मात्र एकाईशौं सताब्दीमा नयाँ विचारधाराको विकास हन सक्छ ।

माक्र्सवाद भनेको संसारलाई बुझने र बदल्ने विज्ञान हो । त्यसको सार द्धन्दात्मक एतिहासिक भौतिकवाद हो । त्यो बाहेकका लेलिनवाद, माओवाद र हामीले नेपालमा प्रचण्डपथ जे जे भन्यौं र समग्र विकास क्रममा आ–आफ्नो ठाउँमा विशेष प्रयोग गरिएका कराहरु ह्ुन् । बदलिएको नयाँ सन्दर्भमा २० औं शताब्दीमा विश्वका विभिन्न देशमा के –के प्रयोग गरिए भन्ने कुरालाई सन्दर्भ सामाग्रीको रुपमा लिने हो, सिक्ने हो तर त्यसलाई भट्याएर मात्र हामी अगाडि बढ्न सक्दैनौं र समस्याको समाधान निस्किदैन । हाम्रो कम्युनिष्ट आन्दोलन भित्र खासगरी हामी माओवादीहरु विकसित ढंगले अगाडि आयौं । माओको देहान्त भएको अहिले ४० बर्ष भयो यो बीचमा कम्युनिष्ट क्रान्तिकारीले किन विश्वभरि क्रान्ति सफल हन सकिरहेको छैन भनेर सोच्ने बेला आएको छ । यसका लागि नेपाल नै पछिल्लो एउटा उदाहरण हो । जहाँ हामी करिब करिब विजयको नजिक पुग्यौं तर पुरै विजय हाँसिल गर्न सकेनौं । हामीले एउटा सम्झौताको बाटो लिएर अगाडि बढ्न प¥यो । हाम्रो बिचारमा माओको देहान्त पछि यो माक्र्सवादी दर्शनको क्षेत्रमा हामीले गुणात्मक ढंगले विकास गर्न सकेका छैनौ । हाम्रोमा हिजोको करालाई मात्र दोहो¥याउने र ती सबै कुरा छोडेर नवउदारवादको रुपमा अगाडि बढ्न खोज्ने प्रवृति छ त्यो नै समस्याको जड हो । जसले विचार र विज्ञानलाई नै परित्याग गर्छ त्यसको बारेमा हामीले विचार गर्नुपरेन । तर हामीले बहस, छलफल र विकास गर्नु पर्ने विषय कहाँनेर हो भने माक्र्सवादलाई एउटा सर्बेसर्वाको रुपमा होइन दुनियालाई बदल्ने बाटो अघि बढ्नु पर्छ । बिसौं शताब्दीका क्राान्ति र प्रतिक्रान्तिबाट सिकेर एकाईसौ शताब्दीमा माक्र्सवादलाई नयाँ ढंगले विकास गरेर जानुपर्दछ । त्यो नै नयाँ शक्तिको आधार हुन जान्छ ।

२००६ साल देखि यहाँ सम्म आउदा नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले नेपाली समाजलाई अर्धसामान्ती अर्धऔपनिवेशीक भन्यौं र नयाँ जनवादी क्रान्ति र जनयद्धको बाटो नै मुलबाटो हो भन्यौं । त्यसको प्रयोग गर्दै हामी अगाडि बढ्यौं । विभिन्न किसिमका शान्तिपूर्ण संघर्ष हुँदै पछिल्लो पटक दिर्घकालिन जनयुद्धको बाटो अपनाएर पुरानो राज्यसत्तालाई जब्बरजस्ती धक्का पनि हामीले दियौं । ०५२ देखि ०६२ सालको जनयुद्ध त्यसैको एउटा रुप थियो । जनयुद्ध हुँदैनथ्यो भने सामान्तवादको जरा त्यो ढंगले काटेर नेपालमा गणतन्त्र संघियता, धर्मनिरपेक्षता आउदैनथ्यो । यो ०६२ –०६३ को आन्दोलन, मधेशवादी आन्दोलन केही पनि हुँदैनथ्यो । यो कार्यभार हामीले पुरा ग¥यौं र अब बाँकी भएको सामान्तवादको अवशेषलाई परास्त गरेर अगाडि बढ्नुपर्ने हुन्छ । पूँजीवादका बारेमा फ्रान्सेली विज्ञ थोमस विगेरीको चर्चित पुस्तक ‘क्यापिटालिजम अफ २१ सेन्चुरी’मा उनले २०० बर्ष देखि यताको तथ्याङ्कको आधारमा के भनेका छन् भने पूँजीवाद भनेको अन्ततः असमानतालाई नै निरन्तरता दिने एउटा प्रणाली हो । पूँजीवाद भित्र सबै मान्छे सम्पन्न हुनै सक्दैनन् । केही मुठीभर मान्छे सम्पन्न हुन्छन् । बहुसंख्यक मान्छे गरिब हुन्छन् भनेर त्यो असमानता उनले देखाएका छन् । अमेरिकामा अहिले पछिल्लो तथ्याङ्कले के देखाएको छ भने त्यहाँका सबैभन्दा धनी एक प्रतिशत मान्छे र ९० प्रतिशत मान्छेको हातमा बराबर छ ।

अर्को तथ्याङ्कले के भन्छ भने संसारका सबैभन्दा धनी ८५ करोड मान्छेको सम्पत्ती बराबर जम्मा ८५ जना धनाढ्य मान्छेको सम्पत्ति छ । त्यसकारण पूँजीवादले यस्तो प्रकारको असमानता सृजना गर्दछ । त्यसैले पूजीवादी प्रणालीको निरन्तरता हुन सक्दैन । पूजीवादको विकल्प भनेको समाजवाद हो । जहाँ राज्य र समाजको जुन सम्पत्ति छ त्यसको सामुहिक रुपमा जनताले उपयोग र व्यवस्थापन गर्दछन् । त्यही प्रणालीलाई नै हामीले समाजवाद भन्ने गर्दछौ । त्यसैले पूँजीवाद भन्दा उन्नत प्रणाली समाजवाद हो ।

के नेपालको सन्दर्भमा तत्कालै समाजवाद लागु गर्न संभव छ ? हामी नेपालमा भर्खरै सामान्तवादी चरणपार गरेर पूजीवादमा प्रवेश गरेका छौ । त्यो पूजीवाद पनि उत्पादनबाट कटेको छ त्यसलाई नागेर एकैचोटी समाजवादमा गयौं भने हामीले बाँढ्ने भनेको गरिबी मात्रै हुन्छ । सबैलाई धनी बनाउने समाजवाद हुनुपर्नेमा गरिबी बाँढेर सबैलाई गरिब बनाउने प्रकारको नाममा समाजवाद हुन्छ । त्यसैले हामीले नयाँ शक्तिले लिनुपर्ने कार्यदिशाको हकमा हाम्रो लक्ष्य समाजवादमा जाने हुनुपर्छ । समाजवादी क्रान्ति पुरा गर्ने रणनीतिक लक्ष्य हुनुपर्दछ । समाजवादी क्रान्ति पुरा गर्नु भन्दा पहिले नेपालमा राष्ट्रिय औधोगिक पूजीवादको विकास गर्नु जरुरी छ ।

राष्ट्रिय औद्योगिक पूँजीको विकास नगरी समाजवादको निर्माण गर्न सकिदैन् । भन्न त नेपाली काँग्रेसले पनि प्रजातान्त्रिक समाजवाद भन्छ, एमालेले पनि पूँजीवादी क्रान्ति विकास गरेर समाजवादमा जाने भन्छ, हामी माओवादी पनि भनिरहेका छौं । फरक कहाँनिर हो भने हामीले यहाँ विकास गर्ने भनेको पूँजीवादी राष्ट्रिय, औद्योगिक उत्पादनशिल प्रकारको पूँजीवाद हो । त्यो दलाल वा नोकरशाही प्रकारको होईन । त्यसले रोजगारी पनि सृजना गर्दैन, त्यसैले उत्पादन शक्तिको विकास पनि गदैन । समाजमा न्याय पनि ल्याउदैन । त्यसैले पहिलो चरणमा राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्नुपर्दछ । यसमा एउटा बहस छ । जो निरपेक्ष ढंगले नवउदारवादी तरिकाले लगानी गर्न हामीले छोडिदिने ।राज्यले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने तरिकाको पूँजीवादले झनै समस्या सृजना गर्दछ । हेर्दा काँग्रेस, एमाले र माओवादीको बुँदा एउटै लाग्न सक्छ तर म के आग्रह गर्न चाहन्छु भने, हामीले काँग्रेस, एमाले र माओवादी भनेर ब्राण्ड मात्रै समातेर पुग्दैन । हामीले हेर्ने भनेको त बिचार हो, कार्यक्रम हो । नेपालको अबको समस्या समाधान गर्ने भनेको तत्कालको अन्तरविरोध हल गर्नु हो ।

हामीले क्रान्तिकारी परिवर्तन एउटा संगठित पार्टी बिना क्रान्तिकारी राजनीतिक परिवर्तन ल्याउन संभव हुँदैन । त्यसैले समाज परिवर्तनको मुख्य एउटा साधन भनेको संगठित शक्ति र राजनीतिक पार्टीको आवश्यकता पर्दछ । कतिपय साथीहरुलाई लाग्न सक्छ पार्टी विना नै परिवर्तन र क्रान्ति गर्न सकिन्छ । यी सबै पार्टी नेता खराब भए । त्यसैले पार्टी र नेता भन्दा बाहिरका मान्छेले नेतृत्व गर्न पर्छ भन्ने आदर्शवादी परिकल्पना गरेको पाइन्छ । झट्ट हेर्दा हिजोका पार्टीहरुले राम्रो भूमिका निर्वाह गर्न नसकेको कारणले गर्दा त्यो खालको कुण्ठा हुनु स्वभाविक हो । तर पार्टीहरुले हिजोको एक कालखण्डमा विभिन्न प्रकारका आन्दोलनको नेतृत्व गरेर नेपालमा सामन्तवाद राजतन्त्रको अन्त्य गरेर पुँजीवादी क्रान्तिलाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गरेकै छन् । त्यो जस उहाँहरुलाई हामीले दिनै पर्छ । तर अब बदलिएको परिस्थितिमा पुरानै पार्टी र पुरानै नेतृत्वबाट पुग्दैन ।

जहाँसम्म जनवादी केन्द्रयिताको कुरा भन्नका निम्ति मात्र त्यो जनवादी केन्द्रीयता छ । व्यवहारमा छैन । जनताप्रति जवाफदेहि कार्यकर्ता र कार्यकर्ताप्रति जवाफदेहि नेतृत्व, यसरी तल फर्किएको संगठनको ढाँचा निर्माण गर्न पर्दछ । बैचारिक राजानीतिक कुरालाई भन्दा सत्ता र शक्तिलाई महत्व दिने प्रबृत्तिले गर्दा हाम्रा पार्टीहरु भ्रष्टिकरण भएका छन् । यसलाई सच्याउनुपर्छ । यो नै नयाँ शक्तिको नयाँ संगठनको ढाँचा हुनुपर्छ ।

नेपालको सन्दर्भमा नयाँ शक्तिको विकास गर्दा राष्ट्रियताका सन्दर्भमा

पृथ्वीनारायाण शाहको पालामा यो राज्यको अवधारणा आएपछि उनले उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रहरुलाई समेट्दै नेपाल दुई ढुङ्गा बीचको तरुल हो भनेका थिए । यिनीहरुसँग निहुँ नखोजिकन अन्तरमुखी भएर बस्नुपर्छ भन्ने भनाई उनले राखे । दुई ढुङ्गा बीच बसेको तरुल निरिह हुन् भन्ने खालको हिजोको राष्ट्रियता सम्बन्धी अवधारणा अगाडि सारियो । बदलिएको परिस्थितिमा त्यो उपयुक्त छैन । हिजो सामन्ती युगमा उपनिवेशबादको भौगोलिक सिमा बचाउने हदसम्म त्यसले केही काम ग¥यो । तर अब भूगोल मात्र राष्ट्रियता होइन । राष्ट्रियता भनेको मुख्य रुपमा जनता हो । जनताको हक हित सुरक्षित गर्नुपर्ने, निश्चित भौगोलिक सिमा भित्र बसेको मानव समुदाय नै राष्ट्रियता हो । त्यसैले अहिलेको बदलिएको सन्दर्भमा नेपाली राष्ट्रियतालाई हामीले ठीक ढंगले बुझ्नुपर्दछ । अब हामी दुई ढुङ्गा बीचको निर्जिब तरुलको रुपमा होइन । उत्तरमा चीन पनि ठूलो महाशक्तिको रुपमा उदय हुँदैछ । दक्षीणमा भारत पनि महाशक्तिको रुपमा उदय हुँदैछ । भने नेपालबाट दुबै छिमेकीसँग नयाँ आधारमा नयाँ सम्बन्ध कायम गरेर दुईटै ठूला अर्थतन्त्र बीचमा गतिशिल पुलेको रुपमा आफुलाई विकास गर्ने, दुबैसँग सुमधुर सम्बन्ध कायम राख्ने, पुराना असमान सन्धी सम्झौता छन्, त्यसको अन्त्य गरेर समय अनुकुल सम्बन्ध बनाउने र देशको आर्थिक विकासका लागि भिख माग्ने होइन, आफ्नै देशभित्र बस्तु र सेवा उत्पादन गर्ने र त्यसको निर्यात गर्ने, विदेशी पुँजी ल्याएर वस्तु उत्पादन निर्यात गरी मुनाफा कमाउने ढंगको सम्बन्ध विकास गर्नुपर्दछ । त्यसका निम्ति भारत र चीनलाई आकर्षित गरेर देशमा उद्योग धन्दा विकास गर्ने र दुबै देशमा निर्यात प्रबद्वन गरेर धन आर्जन गर्ने राष्ट्रिय नीति अर्थात दुई ढुङ्गा बीचको तरुल होइन, दुई ठूला अर्थतन्त्र बीचको गतिशिल पुलको रुपमा विकास गर्ने राष्ट्रियताको अवधारणा विकास गर्नु जरुरी छ । राष्ट्रियताको यो अवधारणा नयाँ शक्तिले विकास गर्नुपर्दछ ।

नेपालमा विविध वर्ग, क्षेत्र, लिङ्गका समुदाय छन् । तिनको प्रत्यक्ष सहभागिता हुने लोकतान्त्रिीक प्रणालीलाई अगाडि बढाउन सक्ने शक्ति नै नेपालको नयाँ शक्ति हुन सक्छ । राष्ट्रियताको प्रश्न लोकतन्त्रको प्रश्न र आर्थिक विकास तथा संबृद्विको प्रश्नलाई केन्द्रमा राखेर बन्ने शक्ति नै नेपालमा नयाँ शक्ति हुनुपर्छ । नयाँ शक्तिको कुरा गरिरहँदा अहिले भएका पार्टीहरु काङ्ग्रेस, एमाले, माओवादी कुनै पनि काम लाग्दैनन् त ? नयाँ शक्ति भनेको यी भन्दा छुट्टै अर्को शक्ति हो ? भन्ने प्रश्न उठ्ने गरेका छन् । यी पार्टीहरु नेपाली काङ्ग्रेसले एउटा कालखण्डमा आफ्नो भूमिका निर्वाह गरेकै हो । एमालेले पनि आफ्नो कालखण्डमा केही काम गरेकै हो । पछिल्लो पटक सबैभन्दा धेरै क्रान्ति त माओवादीले नै गरेको हो । यीनै पार्टीहरुले बदलीएको ऐतिहासिक परिस्थिति आवश्यकता अनुसार आफुलाई रुपान्तरण गरेर नयाँ शक्तिमा विकास गर्न सके भने सुनमा सुगन्ध हुन्छ । म आफै एमाओवादीको कार्यकर्ता र नेता हुनुको नाताले एमाओवादी पार्टीले नै यसको पहल गरोस्, नेतृत्व गरोस्, आफुलाई रुपान्तरित गरोस् र नयाँ शक्ति बनाओस् भन्ने मेरो चाहना हुन्छ । त्यसैले पहिलो चाहना यी पार्टिहरुले नै आफुलाई रुपान्तरीत गरेर नयाँ शक्तिमा विकास गरुन् ।

हाम्रोमा पार्टी भन्ने वित्तिकै पार्टीको विचार, मुल्य मान्यता आदर्श भन्दा पनि पार्टीलाई एउटा ब्राण्ड मान्ने चलन छ । काङ्ग्रेसका साथीहरुलाई उसले जति सुकै गलत विचार बोके पनि हाम्रा बाउबाजे काङ्ग्रेस भएको हुनाले हामी पनि काङ्ग्रेस नै हुनुपर्छ भन्ने छ । एकथरी साथीहरुलाई हाम्रा अग्रज एमाले भएको हुनाले हामी पनि एमाले नै हुनुपर्छ भन्ने छ । त्यसैले हाम्रो माओवादी पार्टीमा पनि पछिल्लो चरणमा विकास भएर आयो, माओवादी भन्ने चर्चित लाग्यो अनि हामी पनि माओवादी ब्राण्ड छोड्न नसक्ने । यसरी विचार राजनीति आदर्श भन्दा पनि ब्राण्ड हेर्ने जुन प्रबृत्ति छ, त्यो सही होइन । पुँजीवादमा त एउटा वस्तु बेच्ने विज्ञापन बनाइन्छ । चिसो भनेकै कोकाकोला भन्छ नी । चिसो भनेकै कोकाकोला त होइन । तर यति धेरै भन्छ कि चिसो भन्ने वित्तिकै मान्छे कोकाकोला नै भन्छ । त्यसैगरी हामीले पनि काङ्ग्रेस भनेकै लोकतन्त्र वा एमाले भनेकै सामाजिक लोकतन्त्र र माओवादी भनेकै क्रान्तिकारी भन्न थाल्यौं भने चिसो भनेकै कोकाकोला भनेजस्तै हुन्छ । त्यसरी हुँदैन । तपाई हामीलाई के थाहा छ भने कोकाकोला भन्दा निम्बुपानी (कागती पानी) धेरै हितकर हुन्छ । तर हामी के गर्छौं भने कागती पानी खानुभन्दा कोकाकोला नै खान्छौं किनकि त्यसको प्रचार र ब्राण्ड नामले हामीलाई प्रभावित पारेको छ । त्यसैले नयाँ शक्तिको कुरा गर्दा ब्राण्ड नामलाई हेर्ने होइन । त्यसको गुदितत्व के हो ? त्यसको मुल्य मान्यता आदर्श के हो ? समाजका, देशका तत्कालिन राष्ट्रियता आर्थिक विकास र सम्बृद्विका मुद्वाहरुलाई सम्बोधन गर्नेगरी हाम्रा यी पार्टीहरुलाई रुपान्तरण गर्छन् कि गर्दैनन् ? हामीले हेर्ने त्यसलाई हो ।

नयाँ शक्ति भनेको आम जनताको प्रत्यक्ष सहभागिताले मात्र नयाँ शक्ति हुन सक्छ । नयाँ शक्ति भनेको अग्रगामी शक्ति हो । अहिलेसम्म भएका विचार मुल्य, मान्यता भन्दा अगाडि नबढेको, अहिलेको नेता भन्दा अग्रगामी भएको शक्तिमात्र हुन्छ । यस कुरामा पनि ध्यान दिनु जरुरी छ ।

(डा. भट्टराईको यो विचरोत्तजक लेख जनादेश पत्रिकामा पनि प्रकाशित छ ।)