काठमाडौं । गत बर्षको विनासकारी भुकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त ऐतिहासिक नाला करुणामय सत्तल निर्माणको सहयोग स्वरुप नाला करुणामय सत्तल निर्माण सहयोग समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठलाई ३ लाख १० हजार ५५५ वर्ल्ड नेवाः अर्गनाइजेशन जापानका प्रतिनिधि प्रमिला शाक्यले बुधबार नालामा भएको एक समारोहमा हस्तान्तरण गरेकी छिन् ।

भूकम्पबाट क्षतिग्रस्त सत्तल पुनःनिर्माणको लागि सहयोग गरेकोमा वर्ल्ड नेवाः अर्गनाईजेशनकी प्रतिनिधि शाक्यलाई धन्यबाद दिंदै सत्तल निर्माण कार्यको शिलान्यास शुरु भई सकेको र केहि महिनामा नै निर्माण कार्य पुरा हुने अध्यक्ष श्रेष्ठले बताए ।
गत वर्षको भूकम्पले ऐतिहासिक नाला करुणामय मन्दिर प्राङ्गणको उत्तर दिशाको सत्तल पूर्ण क्षतिग्रस्त भएको हुनाले आदिरत्न शाक्यको संयोजकत्वमा नाला करुणामय सत्तल पुनः निर्माण सहयोग समिति गठन गरेको थियो ।
















प्रतिक्रिया