२८ आश्विन २०८३, बुधबार

नेदरल्याण्डस्मा भव्य तिज मनाइदैँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naderlands-flag

नेदरल्याण्डस् ।  नेदरल्याण्डस्मा आगामी २७ अगष्ट का दिन नेपाली महिलाहरुको पर्व हरितालिका मनाइने भएको छ ।

नेपाल म्युजिक फाउन्डेनसनको नेतृत्वमा, नेपाल विकास प्रतिष्ठान, गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्, नेपाल समाज नेदरल्याण्डस् र नेपाली जनसंपर्क समितिलगायत नेदरल्याण्डसका नेपाली संघसंस्था समुदायको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।

नेपाली संघसंस्थाबीचको सहकार्यलाई मजबुत बनाउँदै प्रवासमा रहेका नेपालीहरुको भातृत्वको भावानालाई प्रर्वद्धन गर्न उक्त कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएका छन् ।

नेदरल्याण्डस्मा रहेका दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई नेपाली संस्कृतिको पहिचान दिन र नेदरल्याण्डस्को नेपाली समुदायमा नेपालको प्रवद्र्धन गर्न गराउनको लागि यस्ता कार्यक्रम गरिदै आएको पनि आयोजनकको भनाई छ ।

तिज कार्यक्रममका प्रमुख आयोजक नेपाल म्युजिक फाउन्डेसन नेदरल्याण्डका अध्यक्ष तथा कलाकर्मी वर्षा खड्काले नेदरल्याण्डस्का सम्पुर्ण महिला दिदी बहिनीहरुलगायत इच्छुक नेपाली समुदाय तथा संघसंस्थालाई उपस्थित हुन र आवश्यक सहयोग गर्नको लागि अनुरोध गर्नु भएको छ ।

आयोजकका अनुसार २७ अगष्ट २०१४ मा आमस्ट्राडामको आमस्ट्राडामको Rhoneweg 12-14 को Rhone Party center मा कार्यक्रम हुनेछ । प्रवेश शुल्क पुरुषहरुको लागि युरो १० र महिलाहरुको लागि युरो ५ कायम गरिएको भए पनि १२ वर्ष भन्दा तलका बालबालिकाहरुलाई भने निशुल्क हुनेछ ।

कार्यक्रममा तिजको दर खाने, नेपाल म्युजिक फाउन्डेनलार्इ अन्तराष्टियकरण गर्नका लागि यस्का लक्ष्य तथा उद्धेश्यका बारेमा परिचय गराउने र तिज गितहरुको प्रस्तुत गर्ने रहने छ ।

कार्यक्रमको अन्त्यमा डिजे हिमालसंगको साँस्कृतिक कार्यक्रम गरिने छ । कार्यक्रममा आफ्ना साहित्यिक तथा साँगितिक प्रस्तुति गर्न पाइने छ तर आयोजकका अनुसार २५ अगष्टमा नै आयोजकहरुलाई जानकारी गराउनु पर्ने बताइएको छ ।

नेपाल म्युजिक फाउन्डेसन पुर्नरगठित
नेपालको कला, साहित्य तथा संस्कृतिलाई प्रवासमा रहेर समेत संवद्र्धन, प्रवद्र्धन तथा जगेर्ना गर्ने उद्धेश्यले स्थापित नेपाल म्युजिक फाउन्डेनसन नेदरल्याण्डसको पुर्नगठन भएको र नेपालका कलाकर्मी वर्षा खड्काको अध्यक्षतामा कार्यसमिति निर्माण भएको छ । संगितको क्षेत्रमा नेदरल्याण्डस्मा मात्र सिमित रहेको यस संस्थालाई अव अन्तराष्टिय करण गरेर लैजाने र संगित मात्र नभएर कला,साहित्य र संस्कृतिलाई पनि समेटेर अगाडि बढ्ने नेपाल म्युजिक फाउन्डेनसन श्रोतले जनाएको छ । कार्य समितिको उपाध्यक्षमा सावि रिजाल, महामन्त्री आर के सुवेदी र कोषाध्यक्षमा शरद जोशी रहेका छन् । कार्य समितिलाई आवश्यकता अनुसार विस्तार समेत गरेर लैजाने जनाइएको छ ।