काठमाडौँ, २ भदौ । एमाओवादी अध्यक्ष प्रचण्डले व्यवस्थापिका संसदको सोमबारको बैठकमा सरकारको कढा आलोचना गर्नुभएको छ ।
देशभर प्रकृतिक विपत आएको बेला समेत सरकारले आवश्यक पहलकदमी नलिएको भन्दै बैठकमा प्रचण्डले सरकार सुस्त मनस्थितिको जस्तो देखिएको आरोप लगाउनुभयो ।
‘सरकारको काम गर्ने तरिका जन्मेदेखि नै सुस्त मात्र होइन । सुस्त मनस्थिति जस्तो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘साना साना निर्णय लिन समेत वर्तमान सरकारलाई निकै गाह्रो भएको छ ।’
सुनकोशीमा आएको पहिरो तथा सुर्खेत, बर्दिया दाङसहितका क्षेत्रमा आएको बाढी समान्य नभएको भन्दै उहाँले त्यसमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
‘यसलाई समान्य भैपरिआउने प्रकृतिक विपत हो, २–४ दिनमा आफैं ठिक हुन्छ भन्ने जस्तो गरी नहेरियोस्,’ उहाँले चेतावनीको शैलीमा भन्नुभयो ।
उहाँले प्रकृतिक विपत्त बढेको भन्दै विदेशी विज्ञहरुको सहयोग लिएर भए पनि भूगर्भीय अध्ययन गर्नु पर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया