– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको क्रियटिभ नेपाल युथ अर्गनाइजेशनमा गत जुलाई १७ तारिखमा नया कार्यकारी समिति सर्ब सम्मतिबाट गठन भएको छ । सन् २००९ मा स्थापना भएको गैरमुनाफा सामाजिक संस्था युवा वर्गको प्रतिनिधित्व गर्दछ ।
सामाजिक सेवामा पनि उल्लेखनीय काम गर्दै आएको संस्थाले गत बर्ष भूकम्पमा झन्डै अमेरिकाबाट नेपाल १० लाखभन्दा ज्यादा आर्थिक सहयोग गरेको थियो । ग्रिष्म कालिन बनभोजको साथै संस्थाको दोश्रो साधारण सभामा दुई बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । सुबास थापाको अध्यक्षतामा गठित नव निर्बाचित कार्य समितिको उप सभापतिमा शशि प्रसाई तथा बबिता सिटौला निर्वाचित भएका छन् ।
यसैगरि महासचिबमा पुण्य कार्की, सचिबमा सुमेर सुब्बा, कोषाध्यक्षमा पुस्कर रेग्मी तथा सह कोषाध्यक्षमा अन्जना भुजेल निर्वाचित भएका छन् । कार्यकारी समितिका सदस्यहरुमा क्रमश, हेमन्त सिटौला, मोहन गुरुङ, सकुन राई, किरण आचार्य, ध्रुब बस्याल, महेश भण्डारी, प्रतिमा दुलाल तथा उत्सव पन्त निर्वाचित भएका छन् ।
नव निर्वाचित महासचिब पुण्य कार्कीले बनभोज कार्यक्रम सफल बनाउन सहयोग पुराउनु हुने सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन् । नयाँ नेतृत्वलाई सहजीकरण तथा सपथ ग्रहण गराउनु हुने सस्थाका सल्लाहाकार तथा निर्वाचन आयुक्त धर्मेन्द्र पराजुली तथा सुरेन्द्र मल्ल प्रति संस्थाले आभार प्रकट गरेको छ ।
















प्रतिक्रिया