न्यूयोर्क । जनसम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको छ । भूकम्प पीडितका नाममा उठाइएको रकम खाताबाट हिनामिना भएपछि चर्को बहसमा आएको समितिको रकम फिर्ता भएको हो ।
भूकम्प पिडितका लागि उठाएको रकमको संस्थाको खाताबाट निकालिएको नगद रकम मध्ये २२ हजार डलर महासचिव मुनेन्द्र नेम्बागंले र १० हजार ५ सय कोषाध्यक्ष बिजय थुलुगंले खातामै फिर्ता गरेका छन् ।
संस्थाको रकम मध्ये ७ हजार ५ सय डलर पहिल्यै नै काठमाडौको गागलखेतीको भूकम्प पिडित बिद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भएपनि बिबाद आएपछि मात्र कोषाध्यक्षले निकासा गरेको जनाइएको छ । हिनामिना भएको रकम मध्ये अध्यक्ष गोरख बिष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफुले चांडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् ।
भूकम्प आए लगत्तै अध्यक्ष बिष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैया नगद र भौतिक सहयोग समेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष बिष्ट, महासचिव नेम्बागं र कोषाध्यक्ष थुलुगंको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जनाकारी बिना दुइ जनाले रकम निकालेको अध्यक्षले थाहा पाएपछि मात्र समितिले रकम हिनामिना भएको खबर सार्बजानिक भएको थियो ।
अध्यक्ष बिष्टले रकम हिनामिना भएको खबर बाहिर ल्याएपछि महासचिव र कोषाध्यक्षले पनि अध्यक्ष बिष्टलाई समेत आरोप लगाएका थिए । दुबै पक्षबीच आरोप प्रत्यारोप चलेपनि हाल महासचिव र कोषाध्यक्षले समितिको रकम खातामा नै फिर्ता गरेका छन् । अध्यक्षले छानबिनको प्रक्रिया अगाडि बढाएपछि महासचिव र कोषाध्यक्षले रकम पुन खातामै राखेको जनाइएको छ ।
रकम पुनः खातामा आएको पुष्टि गर्दै अध्यक्ष बिष्टले आफु सिपिएसंग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्राय राजनीतिक रुपमा बिबादमा आउने समिति यस पटक भूकम्प पिडितको रकम हिनामिनाको समाचारले निकै बिबादमा आएको थियो ।















प्रतिक्रिया