१ कार्तिक २०८३, शनिबार

नार्कोसीमा सबै समाचार एकै ठाउँमा हेर्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samachar-news

सिड्नी, अष्ट्रेलिया । विभिन्न अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचार, विचार तथा सूचनाहरुलाई एउटै साइटमा उपलब्ध गराउँदै स्वदेश तथा विदेशमा रहेका नेपाली पाठक, स्रोता तथा दर्शकहरुलाई आफ्नो ईच्छा अनुसारको समाचार, विचार तथा सूचनासम्म सजिलो पहूच पुर्याउने उद्देश्यले बुनेशा इन्टरनेसनलले narkosi.com नामक अनलाईन समाचार पोर्टल सुरु गरेको छ ।

अष्ट्रेलियामा रहेका सूचना प्रविधि विज्ञ तथा पत्रकारहरुको लामो अध्ययन तथा अनुसन्धानपछि उक्त समाचार पोर्टलको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले बताए । उनका अनुसार यसमा आधुनिक सूचना प्रविधि मार्फत पाठकका रुची अनुशार का समाचार र बिचारसम्म सहज पहुचको बाटो हो ।

यो साइट स्वदेश र विदेशमा भएका नेपालीलाइ नेपाली र अंग्रेजी भाषामा छिनछिनमा प्रकाशित हुने समाचार तथा सुचनाहरु एउटै साइटमा हेर्न सकिने, रेडियो र भिडियो आफूले रोजे अनुसार सुन्न र हेर्न सकिने गरि तयार गरिएकोले यो साइट सबैका लागि उपयोगी रहेको छ, उनले बताए । यसले आफ्ना प्रत्येक प्रयोगकर्ताको समस्या र सुझाव अनुशार आफ्ना सेवाहरु बिस्तार गर्ने उनले बताए ।

शर्माले भने, लोकतन्त्रको स्थापनापछी नेपालमा संचारमाध्यमको तीब्र विकास भएको छ । सूचना र समाचारहरु उत्पादनमा नेपालका आम सञ्चारमाध्यमहरुले निकै मेहनत गरेका छन् तर लक्षित् पाठकसम्म पुग्न निकै कठिनाइ छ ।

त्यस्ता पाठकहरुलाई पनि थोरै समयमा धेरै समाचार पढ्नु परेको छ । पाठकले आफुलाई चाहेको र आवश्यक भएको सूचना कसरी छान्ने ? आमसञ्चार माध्यमले आफ्ना लक्षित पाठकसम्म कसरी पुग्ने ? नार्कोसीको पहल यो अफ्ठेरोलाई सजिलोमा बदल्ने हो । यो एक शुद्ध समाचार पोर्टल हो । त्यस्तो इन्टरनेट साइट हो जसले अरु समाचार साइटसम्म पुग्ने सजिलो बाटो वा लिंक दिन्छ । आमसंचारका पाठक लाई मात्र होइन, यो नेपालका आमसंचार माध्यम को अनुगमन गर्ने सस्थाहरुलाई पनि निकै उपयोगी छ ।

नार्कोसी संचार माध्यम, संचार माध्यमका अनुगमनकारी संस्था र उपभोक्ता सबै बिचको पुल पनि हो । कोही नितान्त निजि होस वा सार्वजनिक जिम्मेवारीमा सबैलाई सूचना र समाचारको निकै महत्व हुन्छ । अझै समसामयिक विचार र विश्लेषणहरुले सबैलाई मार्ग निर्देश गरिरहेका हुन्छन् । संचार माध्यमहरुमा छरिएर रहेका समाचार सजिलैसँग कसरी पढ्ने, विचारहरु कसरी संग्रह गर्ने भन्ने अफ्ठेरोको नार्कोसीले अन्त्य गरेको छ । यो आधुनिक प्रविधि मार्फत समाचार र बिचारसम्म सहज पहुचको बाटो हो ।

यसमा स्वदेश र विदेशमा भएका नेपालीहरुलाई नेपाली भाषामा छिनछिनमा प्रकाशित हुने समाचार एउटै साइटमा हेर्न, रेडियो र भिडियो आफुले रोजे अनुशार सुन्न र हेर्न सकिन्छ ।