काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
बालुवाटार पुगेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुबै नेताले छलफल सुरु गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार पछिल्लो राजनीतिक परिस्थिती, सरकार परिवर्तन, सरकार विरुद्धको अविश्वासको प्रस्ताव लगायतका विषयमा तीनै शीर्ष नेताबीच छलफल भइरहेको छ ।
यसअघि प्रम ओलीले देउवा र प्रचण्डलाई ५ बजेका लागि छलफल गर्न बालुवाटार बोलाएका थिए ।
















प्रतिक्रिया