२८ आश्विन २०८३, बुधबार

दिलकिरणको नेतृत्वमा कतारमा फैलदैं एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Qatar

दोहा । प्रवासी नेपाली मञ्च कतारले संगठन व्यवस्थापन तथा सृदढीकरणलाई व्यापकता दिएको छ ।

एमालेको प्रवास संगठनका कुशल नेता मानिएका दिलकिरण खजुमको नेतृत्वमा रहेको प्रवासी नेपाली मञ्च अहिले इलाका भेला र अधिवेशनमा व्यस्त छ । यसैक्रममा इलाका नं. १ दोहा र इलाका नं. २ सनैयाको संयुक्त प्रथम इलाका अधिवेसन “शसक्त संगठनका लागि संगठन सुदृढीकरण प्रवासी नेपाली मञ्चको अभियान, प्रवासी नेपालीहरुको अधिकार सुनिश्चिताका लागि ईलाका अधिवेशन” भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । इलाका नं. १ दोहाका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव वालकृष्ण भित्रीकोटीले सञ्चालन गरेका थिए । अधिवेशनले इलाका नं. १ दोहामा वालकृष्ण भित्रीकोटीको अध्यक्षतामा १५ सदस्यीय निर्विरोध निर्वाचित भएको थियो । पदाधिकारीमा उपाध्यक्ष विजय बिक्रम वस्नेत, सचिव खडानन्द वास्कोटा, उपसचिव दुर्गा वहादुर गिरी, सदस्यहरुमा भेषराज गिरी, विनोद प्रसाद सापकोटा, लक्ष्मीकिशोर श्रेष्ठ, रामजी घिमिरे, गोपाल खतिवडा, मोहम्मद नासीम खान, दिल कुमार श्रेष्ठ, भविन्द्र आचार्य, लोक वहादुर राई, मित्र वहादुर विक, राज कुमार तामाङ्ग रहेका छन् । सल्लाहकार कमल आचार्य चयन भएका छन् ।

UML-Qatar1

त्यस्तैगरी, इलाका नं. २ सनैयामा मनबहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय निर्विरोध निर्वाचित भएको छ । पदाधिकारीमा उपाध्यक्ष पिताम्वर निरौला, सचिव कृष्ण थपलिया, उपसचिव मान वहादुर श्रेष्ठ तथा सदस्यहरुमा एकराज घिमिरे, दिपक न्यौपाने, ध्रुव कोईराला, लिला वहादुर वानिया, रमेश सापकोटा, शोभाकार अधिकारी, विक्रम पाख्रिन, प्रेम वहादुर भण्डारी, गोविन्द सुवेदी रहेका छन् । सल्लाहकार दिपक सापकोटा, जेएस लामा, चानीलाल राजवंशी रहेका छन् ।

कार्यक्रममा मञ्चका अध्यक्ष दिलकिरण खजुम प्रमुख अतिथि थिए भने उपाध्यक्ष चानक पोखरेल विशेष अतिथि, सचिव छविलाल प्युठानी, उपसचिव हरि कुमार वस्नेत, सचिवालय सदस्य कमलमणि गुरागाईं, रामहरी गैरै, चुडामणि कार्की अतिथि थिए । अतिथिहरुमा राष्ट्रिय कमिटीका सदस्यहरु टोमप्रसाद बडाल, द्रोणबहादुर बस्नेत, छविरमण कटुवाल, चेतनारायण श्रेष्ठ, जीतेन भण्डारी, शालिकराम शर्मा, चानीलाल राजवंसी, हंसराज ढकाल, सल्लाहकार अव्दुल हाफिज मियाँ, इलाका नं. ३ सनैयाका अध्यक्ष पूर्णबहादुर नेपाली, इलाका नं. ४ सनैयाका अध्यक्ष रामनाथ शर्मा, एनआरएनए आइसीसी सदस्यहरु अमृत गुरुङ र उमेश अधिकारीको उपस्थिति थियो ।

UML-Qatar3

इलाका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दिलकिरण खजुमले मञ्चले स्थापना कालदेखि नै निरन्तर रुपमा श्रमिकहरुको पक्षमा काम गरेको बताए । दिर्घकालिन रुपमा श्रमिकहरुको समस्या समधान गर्न राज्यले नै ठोस निति र कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

उपाध्यक्ष चानक पोखरेलले संगठनलाई जिवन्त दिनको लागि अधिवशन र नयाँ नेतृत्व आवश्यक रहेकोले मञ्चले यसलाई नियमित कार्यसूचीमा राखेको प्रष्ट पारे ।

सचिव छवि प्युठानीले अधिवेशनको हल भित्र विगतमा संगठनले गरेका सवै कार्यहरुको छलफल र समिक्षा गर्दै आगामी दिनमा अझ सक्षम नेतृत्व निर्माण गर्नुपर्ने बताए ।
उपसचिव हरिकुमार वस्नेतले संगठन मजवुद नभए यसले सहि दिशावोध गर्न नसक्ने भएकोले त्यसको लागि सवल नेतृत्व आवश्यक रहेको बताए ।

सचिवालय सदस्य कमल मणि गुरागाईंले संस्थामा काम गर्दा आर्थिक र भौतिक दुवै हिसावले त्याग गर्न परेतापनि यसले समाजलाई सहि ढंगले दिशावोध गर्ने भएकोले सवैले मैले समाजवाट के पाएँ भन्नु भन्दा पनि मैले समाजलाई के दिए भनेर सकृय हुनुपर्ने धारणा राखे ।

UML-Qatar2

सचिवालय सदस्य रामहरि गैरेले मञ्चले श्रमिकहरुको पक्षमा खेलेको भुमिका वारे प्रष्ट पार्दै संगठनलाई मजवुत वनाउनका लागि मञ्चका सवै सदस्यले आआफ्नो क्षेत्रवाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे ।

त्यस्तैगरी एनआरएनए आइसीसीसदस्य अमृत गुरुङ, सल्लाहकार अव्दुल हाफिज मियाँ, राष्ट्रिय कमिटी सदस्य टोमप्रसाद बडाल, इलाका नं. ३ सनैयाका अध्यक्ष पूर्णबहादुर नेपाली, इलाका नं. ४ सनैयाका अध्यक्ष रामनाथ शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

वन्द सत्रको कार्यक्रम इलाका नं. २ सनैयाका अध्यक्ष दिपक सोपकोटा र सचिव कृष्ण थपलियाले सञ्चालन गरेका थिए । वन्द सत्रमा इलाका नं. १ दोहाका अध्यक्ष कमल आचार्य र ईलाका नं. २ सनैयाका अध्यक्ष दिपक सापकोटाले सांगठानिक प्रतिवेदन पेश गरेको सर्वसम्मतले पारित गरेको थियो ।