काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेकपा (माओवादी केन्द्र)ले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।
अहिले केही समयपछि लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बस्ने बैठकमा अविश्वासको प्रस्ताव र एमालेको अबरोधका विषयमा छलफल केन्द्रित रहनेछ । स्रोतका अनुसार अविश्वासको प्रस्ताव पारित हुनेवित्तिक आफ्नो नेतृत्वमा बन्ने सरकारको कार्यविधि र मन्त्रालय बाँडफाँटका विषयमा पनि परामर्श हुनेछ ।
यसअघिका बैठकमा नारायणकाजी श्रेष्ठ समूहले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै आक्रोश जनाइ सकेको छ ।
श्रेष्ठ समूह कांग्रेससँग मिल्नुभन्दा एमालेसँगै सहकार्य गरेर जानुपर्नेमा धारणा राख्दै आएको छ ।
यसैबीच, बैठकमा पार्टीभित्रको आन्तरिक संगठनको विषयमा पनि छलफल हुने बुझिएको छ ।















प्रतिक्रिया