– विजय थापा
वाशिंगटन डिसी, ३ साउन । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाललाई अमेरिकाको डिसीमा सम्मान गरिएको छ । डिसी महानगर क्षेत्रमा स्थापित कलाकारहरुको संघ युनाइटेड नेपाल तथा भिन्तुना इनटरनेसनलको सहयोगमा खनालले नेपाली समाज निर्माणको खातिर राष्ट्र सेवाको लागि गरेको अतुलनीय योगदान गरे वापत सम्मान गरेको हो ।
कार्यक्रममा आयोजक संस्था युनाइटेड नेपालका अध्यक्ष किरण प्रताप केसीले खनाल तथा नेपाली समुदायका प्रतिनिधिहरुलाई स्वागत गर्दै उपस्थित जनाएकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा खनाललाई समर्पित गर्दै कबि प्रकाश नेपालले कविता बाचन गरेका थिए थिए भने संचारकर्मी राम प्रसाद खनालले साथ दिएका थिए िर संचारकर्मी राम चन्द्र खरेलले भिन्तुना इनटरनेसनलको तर्फबाट खनालको प्रसंशा गर्दै स्वागतम गरेका थिए ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले पछिल्लो समयमा उपत्यकामा अत्याधिक रुपमा मौलाउदै गरेका गुण्डागर्दी, अपराधिक गतिबिधि तथा कालाबजारी नियन्त्रण गर्न चालेका कदमहरुको उच्च प्रसंशा गर्दै अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्मान गरिएको हो ।
एसएसपी खनालले सम्मान गरेकोमा डिसी बासीलाई धन्यवाद दिएका थिए । उनले मन्तब्य व्यक्त गर्दै नेपालमा आफूलाई भावनाबाट गरेको सम्मानको उच्च कदर गर्दै धन्यवाद दिए ।
आफूले सधैँभरि देशका लागि काम गरी रहने बचनबद्धता दिदै जस्तै सुकै कठिन परिस्थितिलाई पनि सामना गर्ने प्रतिबद्धता उनले जाहेर गरे । खनालले भने, ‘सचेत र सतर्क भै काम गर्नेछु । यसको लागि यहाँहरुको सहयोग चाहिने छ ।’
कार्यक्रम संचालन संचारकर्मी परशुराम तिमिल्शिनाले स्वागत गर्दै कविता बाचन गर्दै कार्यक्रम सुरु गरेका थिए ।















प्रतिक्रिया