१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीद्वारा साउदीमा रहेका नेपालीको सुरक्षाप्रति चासो व्यक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CnjA8NoVYAAgU9tकाठमाडौं, २ साउन । प्रधानमन्त्री केपी ओलीले रोजगारीका लागि राउदी अरब पुगेका नेपाली कामदारहरूको सुरक्षाप्रति चिन्ता जनाउनुभएको छ ।

नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारसँग आइतबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा ओलीले नेपाली कामदारको अवस्थाका विषयमा चासो व्यक्त गर्नुभएको हो । ओलीले नेपाल र साउदी अबरवीचको सम्बन्धका विषयमा पनि खुसी व्यक्त गर्नुभएको निजी सचिवालयले जनाएको छ ।

भेटमा साउदी अरबका राजदूत हमारले नेपालसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि दुई मुलुकको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । साउदी अरबमा नेपाली कामदारको सुरक्षाप्रति आफूहरू पनि सचेत रहेको राजदूत हमारको भनाई थियो ।