
स्वास्थ्य क्षेत्रको भ्रष्टाचार अन्त्य र सुधारको माग हो, सरल भाषामा डाक्टर गोविन्द केसीको अविरल सातौँ पटकसम्मको अनसन ! तर आठौँ अनसन नसोचेको भैइदियो। अब डाक्टर’साव अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई समेत महाअभियोग लगाएरै नसुधारि छोडदिन भन्दै कनकमणि दीक्षितलाई जेल हालेको रिस पो फेर्ने गरि व्यक्तिगत तहमै उत्रिएको आरोप लाग्यो। उता लोकमानले पनि अख्तियारको लेटरप्याडमा केसी पागल भएकोले सरकारलाई उपचारका लागि रिफर सहितको डाक्टरी रिपोर्ट गरे।अब केसीलाई निशर्त समर्थन गर्नेहरू सोच्न बाध्य भए अर्थात उनको पदचिन्हमा खोट देख्ने बढ्न थाले। केसीको अनसनलाई कमजोर देखाउन यस्तो प्रचार अन्ततः मिथ्या साबित हुँदै गए।
लोकमानलाई महाअभियोग फरक विषयमा होइन
यिनलाई पागल देख्ने चिकित्सा क्षेत्रका र बाह्य माफियाको लागि टाउको दुखाउने देशका इमान र समर्पण भएका पागललाइ यस्ता अफवाह फैलाइले डगमगाउनु परेन । कारण स्पस्ट थियो– यिनको नियतमाथि खोट थिएन । लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन दबाब दिनुमा फरक बिषय नभइ चिकित्सा क्षेत्रमा लोकमानले अख्तियारलाइ स्वेच्छिक प्रालिबनाएर व्यक्तिगत स्वार्थमा कार्यक्षेत्रमै नपर्ने काठमाडौँ विश्वविद्यालयको प्रवेश परिक्षा रद्द, मेडिकल काउन्सिलमा हस्तक्षेप गरि आफन्तको किष्ट कलेजलाई ७५ सिटबाट ६० आफै थपेर १३५ सिट पुर्याउनु । जुन पूर्वाधार र पर्याप्त क्षमता अभावमा मापदण्ड विपरीत हुन्छ र गुणस्तरीय चिकित्साशास्त्र भन्दा पैसाको चलखेल बढी थियो । कानुनले सिमा नाघेर जाने अधिकार लोकमानलार्इ पनि छैन तर यस्ता विषयमाथि बोल्न भ्रष्टाचारी राजनीतिज्ञ र सांसदहरू जुनसुकै बेला लोकमानले फसाइदिने र पोल खुलाइदिने डरले बोल्ने सामर्थ्य राख्नेवाला छैनन्। उनीहरूले माफियाको जालसाँजी स्वीकारेका छन् । जुन जनप्रतिनिधिलार्इ जनताको रुपमा दबाब दिने साहस, पेशालार्इ धर्म ठान्ने वरिष्ठ चिकित्सक केसीको निष्कलंक छविले गरेको छ।

स्वास्थ्यमा उपेक्षा र मुद्दाको बेवास्ता !
उनलाई कसैसँग जोडेर यो मुद्दालाई कमजोर र अर्थहीन बनाउन खोजिएको हो । सबै नेपालीको चिकित्सा सेवा र शिक्षामा समान पहुँच होस। राजनीतिक नियुक्तिले नक्कली डाक्टरले सक्कली नेपालीको स्वास्थ्यमा गरिएको गम्भीर लापरबाहीको चिन्ता हो। पेशालाई बिरामी डाक्टरकोमा होइन् डाक्टर बिरामीकोमा पुग्नुपर्छ भन्दै खच्चडमा अौषधि बोकेर जाजरकोट र प्राकृतिक विपतिमा विदेशी भूमिमा समेत पुगि निःस्वार्थ मानवसेवा गरेका यी आजीवन अबिवाहितको योग्यता र क्षमतामा नेपाली चिकित्सा क्षेत्र अगाडि बढेको हेर्ने सुनौलो सपना मात्रै हो।
उनले प्रत्येक अनशनलाई अन्तिम देख्न खोजेकै हुन् तर सम्झौता गर्ने तर कार्यान्वयन नगरिएकाले त्यसकै लागि बाध्य बनाइएको हुन्छ। नाजुक स्वास्थ्य स्थिति हुँदा समेत वेवास्ता र उपचारका लागि समेत प्रशासनको आदेशका नाममा मरे मरोस भनेर ‘सु–समाचार’ कुरिरहेकाहरूको सपना अन्तसम्म पनि बाँकी छ र मानवअधिकार आयोग र समग्र जनदवावपश्चात मात्र उनको गम्भीर स्वास्थ्यस्थिति बारे अस्पताल प्रशासन र सम्बन्धितले उपचारको प्रकृया सुरु गरेको हो तर माग सुनुवाइको पक्ष हप्तौंसम्म पनि नसुनिएझैँ छ र पनि यो आमनेपालीको सरोकार हो। हामी, हाम्रो समाज र भावी भविष्यको मुद्दा हो, पूरा हुनेछ र हाम्रो साथ डाक्टर गोविन्द केसीको पक्षमा छ।















प्रतिक्रिया