काठमाडौं, २ भदौं । दलीय भागवन्डा मिलेपछि झण्डै सात महिनादेखि रिक्त संसदीय समितिले नेतृत्व पाउने भएका छन् । प्रमुख दलहरुबीचको किचलोका कारण रोकिएको सभापति चयन प्रक्रिया सोमबारबाट प्रारम्भ हुने भएको छ ।
नेताहरुका अनुसार विषयगत ११ र विशेष ३ गरी १४ समिति मध्ये काग्रेसरएमालेले ४-४, एमाओवादी २, राप्रपा नेपाल, मधेसी दल र साना दललाई १र१ समितिको नेतृत्व दिने सहमति भएको छ । सुरक्षा विशेष समितिको नेतृत्व भने सभामुखले नै गर्ने व्यवस्था छ ।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार काग्रेसको भागमा राज्यव्यव्स्था, कृषि तथा जलस्रोत, उद्योग वाणिज्य तथा उपभोक्ता हित र संसदीय सुनुवाई समिति परेको छ ।
त्यसै एमालेको भागमा विकास, अर्थ, महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण र सुशासन तथा अनुगमन समिति परेको छ ।
लेखा र अन्तर्राष्ट्रिय तथा श्रम समिति एमाओवादी, सामाजिक न्याय तथा मानवअधिकार राप्रपा नेपाल, वातावरण संरक्षण समिति मधेसी दल र विधायन समिति साना दलमध्येलाई दिने सहमति भएको छ ।
संसदले आउदो बुधवार सभापति चयन गर्ने गरी सोमबार कार्यालालिका सार्वजनिक गर्ने तयारी गरेको छ । लेखा समितिको सभापतिमा भने दुई साताअघि नै एमाओवादी नेता जनार्दन शर्मा चुनिएका छन् ।
नेतृत्व नहुदा मिनि संसदको रुपमा चनिने समितिहरु प्रभावकारी बन्न सकेका थिएनन् ।
दलहरुले समितिको नेतृत्व चयनमा चासो नदिएपछि सभामुख सुवास नेम्बाङले आफ्नो अधिकार प्रयोग गर्दै लेखा समितिको निर्वाचनको मिति घोषणा गरिदिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
त्यसपछि पनि अन्य समितिको नेतृत्व चयनका लागि दलहरुले तदारुकता नदेखाएपछि सबैको निर्वाचन तालिका तय गरिएको हो ।
कुन समिति कसको भागमा ?
कांग्रेस
राज्य व्यवस्था
कृषि तथा जलस्रोत
उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध
संसदीय सुनुवाई
एमाले
विकास समिति
अर्थ
महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण
सुशासन तथा अनुगमन
एमाओवादी
लेखा
अन्र्तराष्ट्रिय तथा श्रम
राप्रपा नेपाल
सामाजिक न्याय तथा मानवअधिकार
मधेशी दल
वातवरण संरक्षण समिति
साना दल
विधायन समिति















प्रतिक्रिया