२९ आश्विन २०८३, बिहिबार

ओली ज्यू, आफ्नो एजेन्डामा फर्कनुस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President meets Nepal PMसम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू,

नौँ महिने कार्यकालमा गर्नुभएका र गर्न खोज्नु भएका कामका लागि तपाईलाई साधुबाद दिन्छु । आफ्नाले गरेको जे पनि राम्रो अरुकाले गरेको जे पनि नराम्रो देख्ने हाम्रो समाजमा सबैको समर्थन र उत्साहापाउनु त कठीन छ । तथापि तपाईको कार्यकाल आमजनमानसको दिमागमा अबिस्मरणीय रहनेछ ।

भलै तपाईले काम गरेर देखाउने भरपुर समय पाउनुभएन । त्यसमा पनि तपाईले चिन्तामान्नु पर्ने कुनै कारण म देख्दिन । किनकी तपाईले जे गर्नुपथ्र्यो । जे गर्न सक्नुहुन्थ्यो । त्यसमा इमान्दार प्रयास गर्नु भो । जति गर्न सक्नुभो । ती एतिहासिक थिए । र जे गर्न खोज्दै हुनु हुन्थ्यो । तीपनि महत्वपूर्ण छन् ।

खासगरी भारतीय हस्तक्षेप र नाकाबन्दीका बिरुद्ध तपाइले देखाउनु भएको अडान र आत्मबिश्वास सलाम गर्न योग्य रह्यो । तपाईकै स्पष्ट अडानले नेपाली जनताले इतिहासमै पहिलो पटक बिदेशी हस्तक्षेपमुक्त र स्वाधीन देशका नागरिक भएको महसुस र गर्व गर्न पाए । जनताले तपाईलाई भोकै भएर पनि पूरापूर साथ दिए । जनताको साथमा तपाईले लिएको स्वाभीमानी अडानका अगाडि हस्तक्षेपकारी बिदेशीले समेत घुडा टेक्न बाध्य भए । जुन कुरा इतिहासमै नेपालीले गर्न पाएको पहिलो मीठो अनुभूति थियो ।

दक्षिणको स्वीकृतिबिना उत्तरतिर चिहाउन समेत डराउने दयालाग्दो नेपाली परराष्ट कुटनीतिलाई अन्त्य गर्देै तपाईले नै उत्तरतिर निर्धक्क सम्बन्ध बढाउनु भयो । उत्तरतिर गरेका बिकास, ब्यापार र पारबहान सम्झौताहरू पूरै कार्यान्वयन गर्न भ्याउनु भएन । तीनलाई अगाडि बढाउनै पर्ने मनोबैज्ञानिक बाध्यता र दवाव तपाईले अब आउने सरकारहरूलाई समेत सृजना गराइदिनु भएको छ ।

वार्षौंदेखि जनता देशमा केही हुन्छ भन्ने आस समेत मारेर निरासाको चक्रब्यूमा बाचिरहेका थिए । एक हिसाबले नेपाली भएर नेपालमा जन्मेकोमा आफूलाई धिक्कार्ने अबस्थामा पुगिसकेका थियौँ । कोरिया, दुबई, मलेसिया, चाइना जस्ता मुलुकहरूले आफ्नै अगाडि गएका २०–३० वर्षमा विकासको छलाङ मार्दा हाम्रो मुलुक गरिबी र अभाबको चक्रमा रुमल्ली रहेको थियो, र छ ।

तपाईकै पार्टीले दोस्रो संबिधान सभाचुनाबमा शासकीय स्वरुपको सवालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा ल्याएको छ । तपाईहरू आफ्नो एजेन्डामा अडिग हुन सक्नु भएन । फलत संविधानमा संसदको बहुमतले प्रधानमन्त्री चुन्ने पुरानै असफल बाटो रोजियो । जुन प्राबधानमा कोही पनि स्थायित्व र बिकास प्रेमी जनता खुसी थिएनन् । यसैको मारमा आज तपाई पनि पर्नु भएको छ ।

नेपालको विकास र समृद्धिको बाधक बनेर खडा भैरहनेछ । र संबिधानमाभएको यो भुललाई सुर्धान सके मात्र देशले स्थायित्व र विकास पाउनेछ । त्यसो हुन सक्यो भने तपाई लगायत समकालीन नेत्तृत्वको नामअझ स्वर्ण अक्षरले चीरकालसम्म लेखिनेछ । नेपालीको मन र मुटुमा ।