२८ आश्विन २०८३, बुधबार

धरान-अमेरिका समाजको तीज भब्य (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharan_USA1

विजय थापा

भर्जिनिया । धरान अमेरिका समाजको पहलमा डिसी महानगरी क्षेत्रमा यस बर्षको तीज भव्यताको साथ मनाइएको छ ।

डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने महिला चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको तीज कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता रहेको संस्थाका वर्तमान अध्यक्ष बिमल आचार्यले बताए ।

dharan_USA2 dharan_3

चेलीबेटीहरुले मातृभुमि र माइतीको सम्झना गर्ने भएकोले एकै ठाउँमा भेला गरि परदेशमा पनि तीजको सम्झना गरिएको उनले बताए । तीज कार्यक्रममा अबिबाहित तथा बिबाहित महिलाहरुले धुमधामका साथ तीजका गीतमा नांचगान गर्नुका साथै चेलीबेटीहरुलाई दर स्वरुप मिठा मिठा बिभिन्न परिकारका खानेकुरा खुवाइएको थियो ।

धरान अमेरिका समाज सन् २०१० मा अमेरिकामा गैरमुनाफा संस्थाको रुपमा दर्ता भएको हो ।

 

dharan_2dhara_USA6