१ कार्तिक २०८३, शनिबार

कतारमा पहिलो जनसांस्कृतिक कार्यक्रम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

programme-banner-cultural-620x330कतार । प्रवासी नेपाली मंच, कतारको आयोजनामा जनसंगीत मंच, नेपालको पहिलो ऐतिहासिक जनसांस्ककृतिक कार्यक्रमको प्रस्तुति आगामी जुलाई २९ का दिन कतारको नज्मास्थित सालीमार रेष्टुरेन्टमा हुने भएको छ । कार्यक्रम बिहान ११ वजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा जनवादी सांस्कृतिक कार्यक्रम प्रश्तुतिका लागि नेपालवाट ख्याति प्राप्त जनवादी गायक तथा गायिकाको निमन्त्रणा गरिएको मंचका अध्यक्ष रामहरि गैह्रेले दिए ।

कार्यक्रमको व्यवस्थापन तथा कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जनसंगीत मंचका संयोजक प्रभात त्रिपाठीले जानकारी गराए ।

फरक प्रश्तुतिका साथ हुने उक्त कार्यक्रममा प्रवासी नेपाली मंच कतारद्धारा मंचसंग संवद्ध सवैलाई सहभागिताको लागि आग्रह समेत गरेको छ ।