मलेसिया । नेपाली काँग्रेस सर्मथित नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा चोलाकान्त पंगेनी निर्वाचित भएका छन् ।
आइतवार मलेसियाको क्वालालम्पुरमा सम्पन्न दोस्रो अधिवेशनबाट पंगेनी निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा कमल गौतम, सचिवमा वखत मावोहाङ्ग, सहसचिवमा राजेन्द्र शाह र कोषाध्यक्षमा हरिप्रसाद कोइराला निर्वाचित भएका छन् ।
सदस्यहरुमा कुलबहादुर अधिकारी, राजु पाउजु, सुमनराज पन्त, दिर्घराज उपाध्याय, अमर परियार, टेकबहादुर घर्ती, पृथ्वी पालुङ्गवा, राम रेग्मी, सुमनकुमार याखा, निरज गौली, सुभद्रा लिङ्गदेन निर्वाचित भएका छन् ।
निर्वाचितहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका विभागीय प्रमुख अर्जुनप्रसाद जोशीले प्रमाणपत्र र शुभकामना दिएका थिए ।
सभासद् समेत रहेका जोशीले विदेशमा रहेका नेपालीलाई रेमिटेन्स भित्राउने मेसिनका रुपमा अहिलेसम्म हेरिएकोमा यसको नजर परिर्वतन गराउनु पर्ने वताए । विदेशमा देखिएको देशभक्तिले आफू प्रभावित भएको उनले बताए ।
नेपाली दुतवास मलेसियाका राजदुत निरन्जनमान सिह बस्न्यातले मजदुरका पक्षमा आफूहरु सदैव उभिएको बताए । नेपालीका समस्यालाई दुताबाससम्म ल्याउन यस्ता सँगठनसँग वस्न्यातले आग्रह गरे ।
कार्यक्रममा सभासद अमृतलाल राजवंशीले मेसिन रिडेवल पार्सपोर्टका कारण समस्यामा परेका मजदुरका बारेमा नेपालका मन्त्रीसँग कुरा राख्ने वताए ।
कार्यक्रममा जनजाती महासंघका सुन्दर आले, एनआरएन मलेसियाका सुनिल चालिसे, मजदुर नेता प्रेम पाण्डे लगायतले निर्वाचित प्रतिनिधिलाई शुभकामना दिएका थिए । पंगेनी दोस्रो कार्यकालका लागी निर्वाचित भएका हुन् । पंगेनीको सभापतित्वमा सम्पन्न घोषणा सभालाई सुवन याखाले संचालन गरेका थिए ।














प्रतिक्रिया