मलेसिया । वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकको हकहितमा महत्वपुर्ण योगदान गरेको भन्दै मलेसियामा नेकपा एमाले सम्वद्ध जिफन्ट सर्पोट ग्रुप मलेसियालाई सम्मान गरिएको छ ।
मलेसियाकै ठूलो मजदुर संगठन मलेसिया टे«ड युनियन काग्रेसले पिजेमा आयोजना गरेको आमसभामा अवार्ड प्रदान गरिएको हो । सर्पोट गु्रपका मलेसिया अध्यक्ष जनक विकलाई मलेसिया टे«ड युनियन काग्रेसका एजुकेशन अफिसर सोमा सुदरामले अवार्ड प्रदान गरेका हुन ।
सभामा मलेसिया लगायत अन्य देशका मजदुरको पनि सहभागीता रहेको थियो । जिफन्ट सर्पाेट ग्रुपका अध्यक्ष विकको अगुवाइमा जिफन्ट सम्वद्ध नेपाली मजदुरले सभामा उपस्थिति जनाएका थिए ।












प्रतिक्रिया