२९ आश्विन २०८३, बिहिबार

‘मुन्नी बदनाम हुई डार्लिंग तेरेलीए’

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarbagya-wagleयहॉ ‘ मुन्नी बदनाम हुई डार्लिंग तेरेलीए ‘ यो हिन्दी दवंग फिल्मको चर्चित गीत हो । यो गीतलाई ललित पंण्डितले लेखेका थिए भने यसलाई सुन्दर स्वर दिने ममता शर्मा र एेश्वर्या हुन् ।
 
जे होस् यहाँ एउटी लाडली छोरी मुन्नीलाई एउटा समाजकै उमेरदार लक्का जवान युवाले मन पराउँछ । उता रुप,रङ र उमेरले छचल्केकी चेली मुन्नीले पनि आँफूलाई लालन पालन गरेर एउटा सानो रगतको डल्लोलाई हुर्काउने बाबाआमा, दाजुभाइ र इष्टमित्रको लाज ढाक्नै नसक्ने गरी भखर देखेकी लक्का जवानको पछाडि दगुर्छिन् । जसरी हाम्रा मुलुकमा हाम्रा चेली बेटीहरु ठीक त्यसरी नै प्रेममा अन्धो भएर दगुर्दा बम्बैको कोठीमा बेचिन पुगेका छन् ।
 
 यहाँ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा, म यहाँ डलरलाई मुन्नी बनाएर जोडन चाहन्छु । हामी सम्पूर्ण एनआरएन यानेकी आप्रवासी त्यसै हुन आएका छैनौ र होईनम् पनि ! हामी त त्यही हरियो डलरले मुन्नीको जवानीको हुस्नमा एउटा लक्का जवान फंसे जस्तै हामी यहाँ अाई पुग्दा सम्मको गन्तव्य, सोच, आस्था, विश्वास अलग अलग भएर आयौ होला तर समग्रमा संसारकै सपनाको देश अमेरिका त्यसै बनेको छैन र त्यसै दुनीयाँलाई लोभ्याएको पनि छैन । 
 
वास्तवमा संसारमै पैसाको सटही डलरमा हुन्छ । यो ध्रुव सत्य कुरा हो । त्यसैले यसको भाऊ वढेर होला यसले संसार चुट्यो । कसरी चुट्यो भन्नु होला जसरी मुन्नीले मुहल्ला चुटिन, गाउँ र टोल उनको रुपले चुट्यो । ठीक त्यसरी नै हाम्रो मन मस्तिष्क र सोच नै डलरले समातेको होला । तर जसरी मुन्निको रुप र रंगले वयस्क युवाको मस्तिष्कलाई जकड्याएर राखेको छ । त्यसरी नै डलरको मोहले संसारकै व्यक्तिहरुको मनस्थिती पनि जकड्याएको छ ।
 
जसरी मुन्नी जवानीका कारण बदनाम भइन त्यसरी हामी डलरको मोहका तथा पद, पैसा र पावरका कारणले बदनाम हुनु हुन्न् । हाम्रा पुर्खाले हाम्रो समाजमा  मानिस  मरे पछी सम्पूर्ण बस्त्र खोलेर मुर्दाको नांगो शरीर नदेखिनाका लागि कात्रोले छोप्ने चलन त्यसै ल्याएका होइनन् । फेरी त्यो कात्रोमा कुनै गोजी नराख्ने र सिलाएकै कपडा हुन नहुने चलन किन ल्याएका हुन् थाहाछ ? “अब तिमी रित्तै आयौ र रितै जानु पर्छ , खवरदार यो पृथिवीवाट नाम र कृती वाहेक केही लान पाईन्न “भनेरै रित्तै पठाउनाका लागि त्यो कात्रोको चलन  चलाएका हुन र लाज ढाक्नाका लागि पनि । यहाँ मलाई अलेक्जेन्डेर महानले मुत्यु पूर्व भनेका कुराको याद आयो ।” मेरो लास लैजाँदा दुबै हात बाहिर राखिदिनु ता कि सबैले देखुन र भनुन् संसार जित्ने अलेक्जेन्डर रितो हात जाँदैछ ।”
 
त्यसैले हामीले वास्तवमा लानु केही  छैन । नेपाली कांग्रेसका पूर्व नेता सन्त नामले चिनिने कृष्ण प्रसाद भट्टराईले राजा बिरेन्द्र जस्तो लोक प्रीय र शक्त्तिशाली राजाको प्रेशर एका पट्टी र अर्को पट्टी बिभिन्न तह र तप्का तथा पक्ष र विपक्षहरुको माझ २०४६ सालमा प्रजातन्त्र प्राप्त पछी प्रधान मन्त्री भएर जनताले चाहेको बेलामा सबैलाई कुटनीतिक ढंगले आ-आफ्नो स्थानमा राखेर संविधान भन्दा माथिको राजालाई संवैधानिक राजातन्त्र, पूर्ण लोकतन्त्र राखेर जनतालाई सविधान दिए । उनले प्रधान मन्त्रिको क्वाटर छोडदा एउटा छाता, पानी खाने सुराही र थोत्रो वाकसको ट्यांका बोकेर अर्काको घरमा
   
शरण  लिन पुगे । उनलाई नत त्यतिबेला बस्ने घर, चढने गाडी र फेरी प्रधान मन्त्री बन्न र राजनीति गर्न पैसा चाहियो । न त केही कुराको माँग तथा आवश्यकतै महशुष भयो । के त्यतिबेला स्वर्गिय कृष्ण प्रसाद भट्टराईलाई अलिकती पनि आलीशान महल,पजेरो र करोडौ अर्वौको बैक व्यालेन्सको आशा भएको भए । उनको एक ईशारामा करौडौ अर्बौ जम्मा गदिर्ने ठूला- ठूला व्यापारी लगायत, जो कोहिले पनि जम्मा गरीदिन्थे र स्वयं उनले पनि विभिन्न स्रोतवाट अर्थात भ्रष्टाचार गरेरै पनि जम्मा गर्न सक्थे । तर आज त्यो महल,पजेर र बैक व्यालेन्सले उनलाई उनको भीत्र आत्मालाई पोलिरहेको हुन्थ्यो । सारा तीनकरोड पचास लाख नेपालीले श्राप गरिरहेका हुन्थे ।  
 
नेपाली कांग्रेसले उनलाई वास्ता नगरोस तर उनको यही महानता सम्झेर आज ठूला-ठूला कुर्चीमा बसेकाहरुको अौकात सडकमा हुन्थ्यो । किन भने संसार कै इतिहासमा एउटा प्रधान मन्त्री सर्दा थोत्रो वाकस पानी खाने सुराही, थोत्रो छाता र लठ्ठी मात्रै बोकेर अर्काको घरमा शरण लिन पुग्ने कुनै नेता नै छैनन् । 
 
गणेशमान जस्तो प्रधान मन्त्रीको पद कृष्ण प्रसादलाई दिएर त्यागको परिचय दिने महात्मा गान्धी बाहेक अर्को को छ ? वि पी जस्तो “मलाई ठूलो मानिस भनेर कसैले नचिनुन, एउटा असल मानिस भनेर चिनुन” भन्ने र त्यसै अनुसारको कर्म गर्ने महान लेखक साहित्यकार, दार्शनिक, तथा सबै -सबै गुणले भरी पूर्ण व्यक्तित्वका चेलाहरुले अमेरिकामा चेकको लडाईं घरबाहिर जताततै छताछुल्ल फेसबुक तथा आफ्ना भित्ता वाल र पत्रपत्रीकामा ल्याए भन्ने सुन्दा लोकतन्त्रमा आस्था गर्ने जो कोहिको पनि आज लाजले टाउको घोषे हुन पुगेको छ । चाहे वरिष्ठ नेता प्रचण्ड जीका प्रचण्ड पथकै कुरा किन नहुन अब के गर्ने त ? अब दु:खेको मन बुझाउन “मुन्नी बदनाम हुइ डार्लिङ तेरेलिए ” भन्ने गाना सुनेर वस्ने हुन्न र हजुर ?
  
त्यसै बिषयमा चाणक्य नीतिमा भन्छ । “कुनै पनि देशलाई बर्बादिमा लैजानाका कारण मध्ये एउटा कारण त्यो देशको युवाहरु र पढे लेखेका विध्वानहरु जुनले बुझेर र सक्ने भएर पनि भन्छन कि मलाई राजनीति भने पछी घृणा लाग्छ, मन पर्दैन, एउटा कुरा याद राख्नुहोस राजनीतिले नै कुनै पनि देशको भविष्यको सुन्दर बाटो तय गर्न सक्छ ।” तर सच्चरित्र हुनु पर्छ नत्रभने त्यही ‘ मुन्नी वदनाम हुई डार्लिंग तेरे लिए” भन्याझै क-कसको लागि हो र के के हुन्छ हेर्न वाँकी नै छ ।