२९ आश्विन २०८३, बिहिबार

छलफल गर्न तयार छौँ तर दोषीमाथि कारवाही नभएसम्म शव बुझ्दैनौँः चरीका दाजु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chari-killed-in-shoot-out

काठमाडौँ, १ भदौ । १० दिन अघि काठमाडौको भीमढुंगामा प्रहरी कारबाहीमा मारिएका भनिएका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शव जिम्मा लिएर दाहसंस्कार गर्ने वा नगर्ने बारे छलफल गर्ने तयारी भएको छ ।

चरीको शनिवार पोष्टमार्टम भएपछि उनको शव परिवारले जिम्मा लिने वा नलिने भन्ने विषयमा छलफल हुन लागेको हो ।

‘पोस्टमार्टमपछि घटना झन शंकास्पद भएको छ, यसको सत्य तथ्य छानबिन नगरेसम्म लाश बुझ्दैनौ,’ चरीका दाजु धुब्र अधिकारीले दैनिक नेपालसँग भन्नुभयोे,’ ‘पेस्तोलबाट भएको गोली प्रहारबाट चरीको गोली मुटु, फोक्सो कलेजो सबै छेडेको छ, जबकी एउटा मान्छे ६–७ गोली लाग्दासमेत एकै ठाउँमा कसरी लड्न सक्छ रु दोषीमाथि कारवाही नभएसम्म हामी शव बुझ्ने पक्षमा छैनौँ ।’

उहाँले बुबा–आमा र अन्य परिवारसँग कुराकानी गरेर शव जिम्मा लिने वा नलिने भन्ने विषयमा छलफलसम्म गर्न सकिने बताउनुभयो । छलफलमा चरीका परिवार, आफन्त, प्रेमिका खुश्बु ओली तथा धादिङका एमाले नेताहरु सहभागी हुने बुझिएको छ ।

‘शव पोष्टमार्टम भइसकेको र रिपोर्ट आइसकेकाले अब कानुनी र राजनीतिक लडाइ लड्दै दाहसंस्कार गर्नेतर्फ अघि बढ्न परिवारलाई सल्लाह दिइका छौँ,’ धादिङका एक नेताले भने । यस सम्बन्धमा चरीका आफन्तसँग सम्पर्क गर्दा त्यस बारेमा आफुहरुलाई थाहा नभएको जानकारी दिए ।

‘प्रहरीले किटानी जाहेरी नलिएपछि शुक्रवार हामीले सर्बोच्च अदालतमा परमादेशका लागि निवेदन दिएका छौ,’ चरीका दाई धुर्बले भन्नुभयो,’ यसको सुनुवाई सोमवार हुँदैछ, त्यसमा पनि चित्न नबुझे हामी अन्तराष्ट्रिय अदालत जान्छौ ।’