२९ आश्विन २०८३, बिहिबार

‘गए प्रचण्डका दिन, पतनपथमा प्रचण्ड !’

29.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-pandyराजनीतिमा विकल्पको खोजी हुनु र अस्थायी शत्रुता सामान्य नै हुने गर्छन । माओवादिका कट्टर विरोधी रहेका केपी शर्मा ओलीले गुरिल्ला (ओलीकै भाषामा) प्रचण्डलाई टाँङमुनी पुर्याएरै बुइँको सहारामा प्रधानमन्त्री बन्न पुगे । ओली र प्रचण्डको त्यो अस्वभाविक गठबन्धन एउटा स्वार्थमा बनेको थियो अर्थात् प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्न चाहेकै थिए । जसका लागि नौ र तीन बुँदे सहमति भए, ओलीले प्रचण्डले सोचेजस्तो सहजरूपमा सत्ता हात लाग्न दिएनन् अर्थात घात गरे । माओवादीले भारतीय दलाल देख्ने ओली, सरकार बन्दासम्म माओवादीको सच्चा राष्ट्रवादी वामपन्थी गठबन्धन नेतृत्वको सरकारमा परिणत भईसकेको थियोे त्यतिबेला अघोषित भारतीय नाकाबन्दीको सामना र ओलीको अडानले जनस्तरबाट साथ पायो । प्रचण्डले संविधान निर्माण गरि मुलुकलाई नयाँ दिशा र नाकाबन्दी सामनामा ओलीलाई दिएको साथबाट उदाँउदो राजनेताको लोभलाग्दो छवि बनाए तर, छविलाललाई त्यो छविमा रहिरहन सत्ताको अपुरो स्वादले दिएन ।

सरकार बनेपछी भारतको खुलेआम मधेसी आवरणको माग पूरा नभएबाटै ओलीविरुद्ध प्रचण्डलाई प्रयोग गरि देशीविदेशी चलखेल सुरु भए । लात्तीभकुण्डो जसरी माओवादीलाई खेलमैदानमा ऊतारियो । प्रचण्ड यस्तो खेलाडी बने जो अर्कोका लागि आत्मघाति प्रहार गर्न थाले यसर्थ प्रचण्डमा स्वनिर्णय हुँदैनथ्यो र छिनमा रङ फेरिरहने जन्तु जस्ता बन्न पुगे । विगतमा टाउकाका मुल्य तोक्नेहरुसंग अब आएर चामत्कारिक रुपले जोडिनुमा उनको सत्तास्वार्थ र उनलाई सत्तामा पुयार्एरै थप स्खलित बनाउन चाहनेको स्वार्थको मेल हो ।

सहज रुपमा सरकार परिवर्तनको वाटोमा गएमा र कांग्रेससंग भएको सहमतिले उनी प्रधानमन्त्री भए भने पनि वाटो सहज र कति टिक्ने सुनिश्चितता छैन । प्रचण्डको नेतृत्व र कार्यसम्पादन र समग्रमा देखिसकिएकै हो यसर्थ माओबादीको अन्य सरकारमा रहेर देखाएको काँचो र अपरिपक्व क्रियाकलापलाई समेत हेर्दा इतिहासको मुल्य चुकाउनु बाहेक केही हुनेछैन तसर्थ ओलीले संसद विघटित गरि नयाँ चुनाव घोषणा गर्दा समेत माओवादीको राजनीतिक भविष्यलाई अप्ठ्यारोमा पार्नेछ, जनमत माओवादीको आउने संभावना कम छ । कांग्रेसका केहीले प्रचण्डको पक्षमा सहमति भइनसकेको भन्नुले माओवादी बेगरको सरकारको संभावनाको खेल पनि बाँकी नै छ । यसैले प्रचण्डलाई अहिले नै वधाइ दिनु हतारो हुनेछ ।

सम्हालिनसक्नुको माओवादी केन्द्रको गठनपछि मन्त्री बन्ने आकांक्षा बोकेका अनुहार, जसले गर्दा अव्यवस्थित पार्टी विघटनको खतरा त छ नै । सडकमा थाकेको मधेसी दल, जसलाई केही समयदेखी सत्ताको स्वाद नपाउनुको छट्पटी छ र मधेस मुद्दा छाडेर सरकारमा आउँदा समस्याको अन्त्य भएको देखिन्छ र भारतीय स्वार्थको संगम विन्दुमा प्रचण्डलाई देउवाले उपयोग गरेकोे देखिन्छ ।

अबको दिन ओलीले संसद सामना गर्दासमेत सरकारलाई टेको दिएरै पनि अडाउने अवस्था छैन् । जाँदा जाँदै ओली राष्ट्रवादी बने । प्रचण्डले राजनीतिक नैतिकहिनताको भारतीय दलालका आरोप खेप्नुपरेको अवस्था हो यो । आम नेपालीको चिन्ता देशमा स्थायित्व र सम्वृद्धि नहुनुमा हो र यो अपेक्षा कैयौं सपनाको हत्याको नेतृत्व गरेका शत्ता स्वार्थमा रम्ने प्रचण्डसँग पनि राख्न सकिन्न तसर्थ यो ‘प्रचण्डको पतनपथ’यात्रा मात्रै हो ।