
रसिया । नेपाली खेलकुद तथा सांस्कृतिक समाज रसियाको आयोजनामा नेपालको खेलकुदमा सम्भावना र चुनौतीबारे रुसमा छलफल तथा अन्तरक्रिया भएको छ ।
रात्री भोजसहित यूरो कपको फाइनल खेल पार्क प्यालेस होटलमा हेर्ने व्यवस्था मिलाएको उक्त कार्यक्रममा रुसको याकुटियामा सम्पन्न एसियन खेलमा सहभागी भै नेपाल फर्कने क्रममा ट्रान्जिटमा रहनु भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, नेपाल खेलकुद परिषदका सदस्य सचिव केशव बिष्ट र सफल ब्यबसायी धनराज आचार्यलाई कार्यक्रममा आमन्त्रित गरि नेपालको खेलकुदमा सम्भावना र चुनौतीको बारेमा बृहत अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया कार्यक्रम गैर आवासिय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद र खेलकुद समाजको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

गैर आवासिय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका महासचिब डा. मन मुर्ति भुर्तेलबाट संचालित कार्यक्रममा संघका अध्यक्ष दिनानाथ राजभण्डारीले अध्यक्षता गर्नु भएको थियो ।
नेपाली खेलकुद तथा सास्कृतिक समाज रसियाका उपाध्यक्ष रामेश्वर गौतमले स्वागत भाषण गर्नु भएको थियो भने गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य गोविन्द प्रसाद गौतम, गैरआवासिय नेपाली संघ रुसका सल्लाहकार गणेश रामदामको सहभागिता थियो ।
कार्यक्रममा रुसबासी नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको छ ।















प्रतिक्रिया