काठमाडौं, १ भदौ । इराकका लागि नेपाली विशेष प्रतिनिधि अर्जुनकान्त मैनालीले अहिलेकै अवस्थामा इराकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउनु नपर्ने बताएका छन्।
नेपाल फर्काउनुभन्दा पनि उनीहरूलाई कन्सुलर सेवा आवश्यक रहेको उनले बताए। ‘अहिलेकै अवस्थामा इराकमा रहेका नेपालीलाई उद्धार गर्नुपर्दैन,’ परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मैनालीले भने, ‘नेपाली कामदारका समस्या छन्। उनीहरूको समस्या समाधान गर्न कन्सुलर सेवा प्रदान गर्न जरुरी देखिन्छ।’
इराकमा विद्रोही सुन्नी समूह र सरकारी सेनाबीच द्वन्द्व चर्किएपछि सरकारले मैनालीलाई इराकका लागि विशेष प्रतिनिधि नियुक्त गर्दै नेपालीको उद्धार र अवस्था बुझ्न एक महिनाअघि इराक पठाएको समाचार आजको नागरिक दैनिकले छापेको छ । उनले इराकका विभिन्न सहरमा १० हजार नेपाली कामदार रहेको बताए।















प्रतिक्रिया