
काठमाडौँ, २८ असार । पार्टी सरकारबाट बाहिरिएकोमा माओवादीभित्रै चरम विवाद भएको देखिएको छ । माओवादीका एक जना शीर्ष नेताले प्रचण्डको निर्णयमा आपत्ति जनाएका छन् ।
नेकपा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठले श्रेष्ठले पार्टी सरकारबाट हटेको आफूलाई जानकारी नभएको बताउनुभयो । पार्टीका नेताहरुलाई थाहै नदिइ सरकारबाट हटेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गरेर सरकारबाट हटेको उहाँले बताउनुभयो । आफूले समेत संचारमाध्यमबाट यस्को जानकारी पाएको उहाँको भनाइ छ ।
माओवादीमा शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, गिरीराजमणि पोखरेल लगायतका नेता सरकारबाट बाहिरिन नहुने पक्षमा थिए । तर, कृष्णबहादुर महरा, बर्षमान पुन, जनार्दन शर्मा भने सरकारबाट बाहिरने पक्षमा उभिएका हुन् । महरा र शर्मा सरकार ढले गृहमन्त्री बन्न पाउनेमा लालयित छन् ।
बस्नेत – शर्मा टकराव
शक्ति बस्नेत र जनार्दन शर्माबीचको व्यक्तिगत टकराव पनि अर्को कारण हो । ओली सरकारमा गृहमन्त्री बन्न चाहेका रुकुमका जनार्दन शर्मा छिमेकी जाजरकोटका शक्ति बस्नेत गृहमन्त्री बनेपछि सुरुदेखि नै सरकार ढाल्ने खेलमा लागेको स्रोतले बतायो ।












प्रतिक्रिया