
काठमाडौं, २८ असार । माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजनीना नदिने हुनुभएको छ ।
प्रधानमन्त्री ओली आफ्नो तयारीमा लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले बतायो । माओवादीले समर्थन फिर्ता लिनासाथ प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरुसँगको छलफललाई अगाडि बढाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको प्रतिरक्षाको तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ।’
दैनिक नेपालसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भन्नुभयो- ‘प्रधानमन्त्रीलाई संसदले निर्वाचित गरेको हो, संसदले नै उहाँलाई यो पदबाट हटाउन सक्छ । यसकारण उहाँले संसदको सामाना गर्नुहुन्छ । राजीनामा गर्नुहुन्न ।’ त्यसका लागि अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्न उहाँले चुनौती दिनुभयो ।












प्रतिक्रिया