क्यानवेरा । हाम्रो समाजमा छोरा छोरीलाई आफ्नो रुचिअनुसारको प्रारम्भिक शिक्षाभन्दा जबर्जस्त लादिएको शिक्षा अनि डाक्टर र इञ्जिनियर पढाउनुपर्छ भन्ने सोचले अहिले सम्म पनि जरा गाडेको छ ।
छोरीले अवसर र प्रोत्साहन पाएको खण्डमा जस्तो सुकै चुनौतिको सामना गर्न सक्छे भन्ने उदाहरण बनेकी छिन् डेनिसा अधिकारी ।
सिड्नीको हर्नस्बी हायीट निवासी एघार वर्षिय डेनिसा बुवा दीपक अधिकारी अनि आमा पम्फा अधिकारीको अस्ट्रेलियाको राजधानी क्यानवेरामा आयोजित काङ्गा कपमा भाग लिन आफ्नो विद्यालयको टिमका साथ आएकी थिइन, खेलको मैदानमा पुरुष खेलाडीसँग बराबरी प्रतिष्पर्धाका साथ मैदानमा देख्दा जो कोहीको आँखा उनैमा जान्थ्यो अझ मुख्य स्ट्राईकरका रुपमा पुरुष खेलाडीसँग सामना गर्दै उत्कृष्ट खेल प्रदर्शन गरि आफ्नो कोच अनि दर्शकको मन जित्न सफल डेनिसाको खेल कौशल प्रसंशनीय छ ।
आफ्नो बुवा दीपक अधिकारीको प्रेरणाले फुटबल खेलमा होमिएकी डेनिस आठ बर्षको कलिलो उमेरदेखि फूटबल खेल्न थालेकी हुन् । डेनिसा सिड्नीको लिण्डफिल फुटबल क्लबको एघार वर्ष मुनिको उमेर समूहबाट खेल्ने गर्छिन् । ‘म कुनै एक जमानामा नेपालको यन आर टी र अन्नपूर्ण टिमबाट खेल्थे तर बिबिध कारणले फूटबल खेललाई निरन्तरता दिन सकिनँ, म चाहन्छु मेरो छोरा छोरीले फुटबललाई निरन्तरता दिउन त्यसैले फूटबल स्कुलमै पढाएको छुु भन्छन् डेनिसाका बुवा दीपक ।
निउ साउथवेल्स राज्यको कारियोंगमा अवस्थित अन्तराष्ट्रिय फूटबल विद्यालयमा हाल कक्षा ५ मा अध्यनरत छिन डेनिसा ।
फुटबलको प्रारम्भिक अध्यन गर्ने अनि अस्ट्रेलियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता काङ्गा कपमा भाग लिने उनी पहिलो र एक मात्र नेपाली चेली भएको उनको परिवारको दाबी छ ।
डेनिसा अधिकारीले क्यान्वेरामा सम्पन्न कान्गा कपमा पुरूषको टिमबाट स्ट्राईकरका रूपमा खेली उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन्, डेनिसाले येही उत्साह र जोशलाई निरन्तरता दिन सकेको खण्डमा भविष्यमा फुटबलखेलमार्फत नेपाल र नेपालीको नाम उच्च राख्ने उनको योजना छ ।
















प्रतिक्रिया