२६ कार्तिक २०८३, बिहिबार

संघीय गठबन्धनको बैठक बस्दै, नयाँ आन्दोलनको निर्णय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadavकाठमाडौं, २८ असार । विगत एक महिनादेखि काठमाडौंको खुला मञ्चमा रिले अनशन गर्दै आएको संघीय गठबन्धनको मुल समितिको बैठक बस्दैछ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा आन्दोलनको स्वरुपका विषयमा छलफल हुनेछ ।

अबको आन्दोलनलाई कसरी अगाडि बढाउने, नयाँ आन्दोलनका स्वरुप कस्ता राख्ने विषयमा बैठकमा छलफल हुने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

संघीय गठबन्धनको रिले अनशन असार ३२ गतेदेखि सक्किँदैछ । अबको आन्दोलनलाई कुनै किसिमले चलाउने भन्नेमा गठबन्धनले निर्णय गर्नेछ ।