काठमाडौं, २८ असार । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरू आज पनि बिहानैदेखि आन्तरिक परामर्शमा जुटेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनाउने जनाएको माओवादी केन्द्रले कांग्रेसको समर्थनमा नयाँ सरकार बनाउने दाबी गर्दै आएको छ । कांग्रेसले भने सरकारबाट बाहिर नआउँदासम्म माओवादी केन्द्रलाई समर्थन गर्न नसकिने जनाउँदै आएको छ ।
कांग्रेसको प्रस्तावपछि माओवादी केन्द्रले सम्भवत आजै सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतको भनाइ छ ।
वर्तमान सरकारमा सहभागी रहने वा बाहिरिने भन्ने विषयमा निर्णय गर्नका लागि माओवादी केन्द्रका शीर्ष नेताहरू आन्तरिक परामर्शमा जुटेको बुझिएको छ ।
आजै कांग्रेस, एमालेका साथै अन्य दलहरूसँग पनि माओवादी केन्द्रले परामर्श गर्ने बुझिएको छ ।












प्रतिक्रिया