१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम समाज यूएई द्वारा बाढी पीडितहरूलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3– मान बहादुर केसी

यूएई । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले केहि दिन अघाडि दार्चुला जिल्लामा आएको बाढि पहिरोमा परेर ज्यान गुमाउने ३ परिवार प्रति दुःख व्यक्त गर्दै प्रत्येक परिवारलाई ३० हजार (जम्मा ९० हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।

आपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले उक्त राहत रकम संस्थाका उपाध्यक्ष जयराज जोशीका भाई बासुदेव जोशी मार्फत दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई हस्तान्तरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले राहत रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरेर जिल्ला दैवी प्रकोप उद्धार समिती मार्फत मृतकका आफन्तहरुलाई सो रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।

असार १६ गते आएको बाढि पहिरोका कारण ज्यान गुमाएका अपि नगरपालिका १३ कि भागरथी महरा, मालिकार्जुन ८ कि बसन्ती धामी र सर्मौली २ का चन्द्रदेव पन्तको आफन्तजनलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको राहत हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दार्चुलाका सभापति गोपालसिह महर, सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल, अनुसन्धान अधिकृत दण्डपाणी पौडेल लगायत मृतकका आफन्तजन तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।